कर्णाली प्रदेश : संसदको दोस्रो अधिवेशन अन्त्य

कर्णाली प्रदेश : संसदको दोस्रो अधिवेशन अन्त्य

सुर्खेत : कर्णाली प्रदेशमा संसदको दोस्रो अधिवेशन अन्त्य भएको छ। दोस्रो अधिवेशनमा ४१ वटा बैठक बसेका छन्। यो अवधिमा प्रदेश सभाले विभिन्न कानुन निर्माण गरेको छ।

चालु आर्थिक वर्षको बजेट र प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गरेको प्रदेश सभाको दोस्रो अधिवेशन आइतबारबाट अन्त्य भएको छ। दोस्रो अधिवेशन अन्तर्गत आइतबार बसेको अन्तिम बैठकले दुई विधेयक पारित गरेको छ। 

प्रदेश सभाका पदाधिकारी र सदस्य तथा प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी विधेयक पारित भएका हुन्। 

    दोस्रो अधिवेशन अन्त्य भएसँगै संसदले पहिलो बैठक सुरु भएयता विभिन्न १७ वटा विधेयक पारित गरेको छ। नौ महिनाको अवधिमा १७ वटा कानुन निर्माण गरिएको संसद सचिवालयले जनाएको हो।

‘नौ महिनामा हामीले १७ वटा विधेयक पारित गरेका छौं, जसमध्ये १३ विधेयक प्रदेश प्रमुखबाट प्रमाणिकरण भइसकेका छन्’, सभामुख राजबहादुर शाहीले भने, ‘संसदबाट पारित भएका बाँकी चार विधेयक पनि प्रमाणिकरणको प्रक्रियामा छन्, यो अवधीमा संसदमा जम्मा २० विधेयक दर्ता भएका थिए। १७ वटा त पारित भए, बाँकी तीन वटा विधेयक समितिमा छलफलमै छन्।’ 

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले नौ महिनाको अवधिमा प्रदेश सभाले संन्तोषजनक काम गरेको दाबी गरे। उनले भने,‘कर्णालीमा सत्ता र प्रतिपक्ष छैनन्, हामी समृद्ध कर्णालीको पक्षमा छौं। कर्णालीको प्रतिपक्ष भनेका गरिबी र अभाव हुन्, हामीले यसविरुद्ध लड्नुपर्नेछ।’ 

उनले आगामी हिउँदे अधिवेशनबाट संसदलाई थप गतिशील बनाउनुपर्ने बताए। यस्तै नेकपाका सांसद यामलाल कँडेलले कर्णालीको समृद्धिको लागि संसदले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए। आगामी दिनमा सदनलाई थप क्रियाशील बनाउनेतर्फ लाग्नुपर्ने उनको भनाइ छ। सांसद शोशिला शाहीले जनताको भावना अनुसार संसदले काम गर्दै जानुपर्नेमा जोड दिइन्।   
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.