भ्रमणबारे बुझ्‍न जिससमा पत्राचार

भ्रमणबारे बुझ्‍न जिससमा पत्राचार

ललितपुर : गत मंगलबार ३३ जनाको जम्बो टोली लिएर भ्रमणमा निस्किएका वाग्मती गाउँपालिकाका पदाधिकारीको यथार्थ बुझ्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समिति ललितपुरलाई पत्राचार गरेको छ  मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले यसबारे आइतबार पत्र पठाएको जानकारी दिए ।

‘गाउँपालिकाका सबै पदाधिकारी एकै पटक जिल्ला बाहिर गएर सेवा अवरुद्ध पारेको विषयमा बुझ्न जिससमा पत्राचार गरेको छौं’, उनले भने, ‘अनुगमन तथा निरीक्षण गर्ने अधिकार जिससलाई छ  कस्तो प्रतिवेदन आउँछ सोहीअनुरूप अघि बढ्छौं ।’ तर ललितपुर जिसस अध्यक्ष अम्बरबहादुर खड्काले मन्त्रालयको पत्र आइनसकेको जानकारी दिए  सबै पदाधिकारी अनुमतिबिना गएको बताउँदै उनले भने, ‘पत्र पाएपछि सोचौंला ।’

भ्रमण सकेर शनिबार नै फर्किसकेका गाउँपालिकाका प्रमुख वीरबहादुर लोप्चनले संघीय संरचना तथा स्थानीय तहका विकासका काम अवलोक गर्न पूर्वका जिल्ला गएको बताए  ‘नयाँ कुरा सिक्ने अधिकार सबैलाई हुन्छ’, उनले भने  भ्रमण क्रममा सम्बन्धित क्षेत्रका सबैलाई समेट्दा टोली ठूलो भएको उनको भनाइ छ  पाँचदिने भ्रमणमा गएको टोली दार्जिलिङसम्म पुगेर शुक्रबार फर्किने भने पनि दार्जिलिङ गएन  टोलीमा उपप्रमुख रञ्जना घिमिरे, कार्यकारी प्रमुख बरदान सेजुवाललगायत ११ जना बोर्ड सदस्य, ४ जना वडाअध्यक्ष तथा सचिवहरू थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.