अब खाल्डाखुल्डी पुरिन्छ, सरकारको लोकप्रियता फर्किन्छ : प्रचण्ड

अब खाल्डाखुल्डी पुरिन्छ, सरकारको लोकप्रियता फर्किन्छ : प्रचण्ड

विराटनगर : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 'गियर फेरेर भए पनि सरकार अगाडि बढ्ने' बताएका छन्। सोमबार विराटनगरमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले सरकारले तयारीका कामहरू सम्पन्न गरेको भन्दै अब तीब्र गतिमा नागरिकले अनुभूत गर्ने कामहरू गर्ने बताए।

यद्यपि उनले तत्काल मन्त्रिपरिषद् हेरफेर हुने सम्भावना नरहेको बताए। 'मन्त्रीमण्डल पुनर्गठन गर्ने बेला आएको छैन। विकासका काममा पूर्वाधार तयारीका काम भएका छन्। अब सरकार अगाडि बढ्छ', उनले भने।

सरकारले आफ्नो उद्देश्यअनुसार तयारीको काम अगाडि बढाएको दावी गर्दै प्रचण्डले भारत र चीनसँगको सम्बन्ध सुदृढिकरणमा ऐतिहासिक काम भएको बताए। सरकारको कामले अबको केही समयमा गति लिने उनको दावी छ।

'हिलोमैलोमा गाडी चलाउँदा एक नम्बर गियरमा चलाइन्छ', प्रचण्डले भने, 'अब हिलो मैलो सकिएको छ। अब गियर फेरेर भए पनि सरकार अगाडि जान्छ।'

गियर फेर्दाफेर्दै ५ वर्ष बित्ने भयो नि ? भन्ने पत्रकारको प्रश्नमा प्रचण्डले सरकारको एक वर्ष पनि नसकिएको भन्दै अब तयारीअनुसार जनताका अपेक्षा पूरा गर्ने गरी काम गर्ने बताए।

सरकारको लोकप्रियता घटेकोबारे पत्रकारले सोधेको प्रश्नमा प्रचण्डले सरकारले गरेका रणनीतिक र दीर्घकालीन महत्वका विषय नागरिकले प्रत्यक्ष नदेखेर त्यस्तो लागेको प्रतिक्रिया दिए।

'जनताले बाहिरबाट हेर्दा देखिने कतिपय कामबाट लोकप्रियता बढ्ने हो। दीर्घकालीन महत्वका रणनीतिक  काम प्रत्यक्ष देखिँदैनन्', उनले भने, 'लोकप्रियता खोज्ने भन्दा पनि राष्ट्र र जनताका हीतमा पूर्वाधार तयार पार्ने काम महत्वपूर्ण हो।' चीन र भारतसँग भएका सम्झौता तथा ऐनकानुन निर्माणका काम जनताले प्रत्यक्ष नदेख्ने भएकोले त्यसको नतिजा आए पनि लोकप्रियता बढ्ने उनले बताए।

'अब खाल्डाखुल्डी पुर्ने काम सुरु हुन्छ अनि जनताले लोकप्रिय सरकार यही हो, यसको विकाल्प छैन भन्ने ठाउँमा केही महिनामा पुग्छ भन्ने मेरो विश्वास छ', प्रचण्डले भने।

पार्टी एकता केन्द्रको विवाद भन्दा पनि भविष्यमा आउन सक्ने विवाद कसरी समाधान गर्ने भन्नेमा केन्द्रित हुँदा सोचेभन्दा ढिला भएको प्रचण्डको भनाई छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.