विराटनगरको मुनालपथमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

विराटनगरको मुनालपथमा मोटरसाइकल  दुर्घटना, चालकको मृत्यु

विराटनगर : विराटनगरको मुनालपथमा सोमबार बिहान साढे १० बजे भएको दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ। विराटनगर बसपार्कतर्फ जाँदै गरेको ना ५ ख ४५१३ नम्बरको यात्रुबहाक बसले ठक्‍कर दिँदाको १० प ६२५९ नम्बरको मोटरसाइकलका चालक विराटनगर महानगरपालिका- ५ का ३८ वर्षीय मनोजकुमार मोदीको मृत्यु भएको छ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका मोदीको उपचारका लागि विराट नर्सिङ होम पुर्‍याउने वित्तिकै मृत्यु भएको प्रहरीले जनाएको छ।

बस र चालक सिरहा घर भएका २९ वर्षीय दीपेन्द्रकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.