पतिद्वारा पत्नीको विभत्स हत्या, चार नावालकको विचल्ली

पतिद्वारा पत्नीको विभत्स हत्या, चार नावालकको विचल्ली

गुल्मी : गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहस्थित पनाह खोला निवासी ३३ वर्षीय दुर्गा बहादुर नेपालीले आफ्नै ३६ वर्षीया पत्नी सीता नेपालीको विभत्स तरिकाले हत्या गरेका छन् ।

गत कार्तिक १५ गते राती छिमेकी राजकुमार थापाको खाली घरमा सुतिरहेको अवस्थामा दुर्गाले पत्नी सीताको हत्या गरेका हुन् । मदिरा सेवन गरी राती आएका नेपालीले सीतालाई चरम यातना दिएर हत्या गरेको खुलेको छ ।

हत्यापछि फरार रहेका अभियुक्त नेपालीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिसकेको छ । ईलाका प्रहरी कार्यालय पुर्कोटदहबाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक दिपक कुमार बस्नेतको नेतृत्वमा खटिएको संयुक्त टोलीले अभियुक्त नेपालीलाई पक्राउ गरेको हो ।

प्रहरी प्रमुख बस्नेतले अभियुक्तलाई पक्राउ गर्न जिल्लाभर चारैतिर प्रहरी खटाई सवारी यातयात जाँचमा समेत कडा गरेको बताए । अभियुक्त नेपालीले प्रहरीसमक्ष यातना दिएर हत्या गरेको स्वीकार गरिसकेका छन् । प्रहरीले भने आवश्यक कारवाही अघि बढाइसकेको बताएको छ ।

नाबालक सन्तान अलपत्र :

अभियुक्त नेपालीका ३ छोरा र १ छोरी छन् । घटनापछि चार नावालक छोराछोरीको विचल्ली भएको छ । जेठो छोरा विपिन, माईलो छोरा विकास, छोरी विपना र डेढ वर्षीय छोरा विक्रम नेपालीको लालनपालन कसले गर्लान् भन्ने अन्योल छ ।

अर्को व्यवस्था नभएसम्म उनीहरुलाई मदाने गाउँपालिकाले खाद्यान्नको व्यवस्था गरेको गाउँपालिका प्रमुख दान बहादुर केसीले जानकारी दिए । आमाको हत्या भएको र बावु कर्तव्य ज्यान मुद्धामा पक्राउ परेपछि दुधे वालकसहित चार नावालकको अवस्था दयनीय छ । प्रहरीले उनीहरुलाई तत्कालको लागि छिमेकी काकाको जिम्मा लगाए पनि उनीहरु बेवारिसेजस्तै बनेका छन् ।

अभियुक्त नेपाली प्रहरी नियन्त्रणमा :


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.