मुगुमा पनि दुर्घटना, एकको मृत्यु

मुगुमा पनि दुर्घटना, एकको मृत्यु

मुगु : सदरमुकाम गमगढीबाट सोरु गाउँपालिका जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

आइतबार अपरान्ह सदरमुकाम गमगढीदेखि नेपाल खाद्य संस्थानको खाद्यन्न लिएर सोरु गाउँपालिकातर्फ जाँदै गरेको भे १ च ९१८२ नम्बरको ट्याक्टर छायानाथ रारा नगरपालिका–३ फूली भिरमा दुर्घटना हुँदा चालक मदन चौधरीको मृत्यु भएको हो ।

दाङ घोराई घर भएका चालक मदन चौधरीको शवलाई जिल्ला अस्पतालमा ल्याइएको र पोष्ट मार्टमपछि आफन्तलाई बुझाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक राजेन्द्रबावु रेग्मीले बताएका छन् ।

ट्यक्टरका सहचालक भने दुर्घटनामा बाँच्न सफल भएका छन् । प्रारम्भीक अनुसन्धानको आधारमा ट्याक्टरको ब्रेक फेल भएको बताइएको छ ।

ट्याक्टर भीरबाट खसेर करिब एक किमी तल मुगु कर्णाली तिरमा खसेको थियो । आइतबार नै प्रहरी घटनास्थलमा पुगे पनि ठूलो भीर र राती भएकाले कुनै विवरण उपलब्ध हुन नसकेपछि प्रहरी सोमबार बिहान घटनास्थल पुगेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.