बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य

बैंककमा जाँच्दा मुख्यमन्त्री राईको स्वास्थ्य सामान्य

विराटनगर : बैंककमा उपचार गराउन पुगेका प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईको स्वास्थ्य अवस्था सामान्य रहेको छ । घाँटीसम्बन्धी समस्या पत्ता नलागेपछि उनी उपचारका लागि गत शुक्रबार थाइल्याण्डको राजधानी बैंकक गएका थिए । 

मुख्यमन्त्री राईको बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटलमा भएको स्वास्थ्य जाँचअनुसार अवस्था सामान्य रहेको उनको सचिवालयले जानकारी दिएको छ । 

घाँटीको समस्याबाट पीडित उनको विस्तृत रिपोर्ट कात्तिक २६ गते प्राप्त हुने भएको छ । मुख्यमन्त्री राई निजी खर्चमा उपचारका लागि थाइल्याण्ड गएका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.