म्यानचेस्टर सिटीलाई पछ्याउँदै चेल्सी

म्यानचेस्टर सिटीलाई पछ्याउँदै चेल्सी

लन्डन : इङ्लिस प्रिमियर लिग फुटबलको आइतबार राति खेलिएको खेलमा म्यानचेस्टर सिटी र चेल्सीले सजिलो जित हात पारेका छन् । लिग लिडर म्यानचेस्टर सिटीले साउथएम्टनमाथि ६–१ गोलको जित हात पार्‍यो भने तालिकाको दोस्रो स्थानमा आसीन चेल्सीले क्रिस्टल प्यालेसलाई ३–१ गोलले पाखा लगायो । म्यानचेस्टर सिटी र चेल्सी दुवैले घरेलु मैदानमा जित हात पारेका हुन् ।

चेल्सीको जितमा अल्भारो मोराटाले दुई गोलको योगदान गरे । मोराटाले चेल्सीका लागि पछिल्ला चार खेलमा चार गोल गरेका छन् । खेल सुरु भएको ३२औं मिनेटमा मोराटाले चेल्सीलाई अग्रता दिलाए । ५३औं मिनेटमा क्रिस्टल प्यालेसका एन्ड्रोस टाउनसेन्डले जवाफी गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि ६ मिनेटको बीचमा लगातार दुई गोल थप्दै चेल्सीले महत्वपूर्ण तीन अंक हासिल गर्‍यो ।

चेल्सीका लागि ६५औं मिनेटमा मोराटाले दोस्रो गोल गरे भने ७०औं मिनेटमा पेड्रोले तेस्रो गोल थपेका थिए । फलहाम र हडर्सफिल्डबाहेक अन्य सबै टोलीले ११÷११ खेल खेलिसक्दा २९ अंकसहित म्यानचेस्टर सिटी पहिलो स्थानमा आसीन छ । चेल्सी २७ अंकसहित दोस्रो र समान अंक बटुलेको लिभरपुल तेस्रो स्थानमा छन् । लिभरपुल आफ्नो पछिल्लो खेलमा आर्सनलसँग उसैको मैदानमा १–१ गोलको बराबरीमा रोकिएको थियो ।

साउथएम्पटनसँगको खेलमा म्यानचेस्टर सिटीले आत्मघाती गोलमार्फत अग्रता बनाएको थियो । खेल सुरु भएको छैटौं मिनेटमै साउथएम्पटनका वेस्ली होएटबाट आत्मघाती गोल भएको थियो । १२औं मिनेटमा सर्जियो एग्वेरोले गोल गरेपछि म्यानचेस्टर सिटी २–० ले अगाडि बढ्यो । प्रिमियर लिगमा हालसम्म दुई सय १७ खेल खेलेका एग्वेरोको यो एक सय ५०औं गोल हो । १८औं मिनेटमा डेभिड सिल्भाले टोलीको अग्रतालाई अझ फराकिलो बनाए ।

यसैगरी ३०औं मिनेटमा डेनी इङ्सले साउथएम्पटनका लागि जवाफी गोल गरे । पहिलो हाफको खेल सकिनुभन्दा ठीकअघि रहिम स्टर्लिङले म्यानचेस्टर सिटीलाई ४–१ ले अगाडि बढाए । ६७औं मिनेटमा स्टर्लिङले नै टोलीका लागि पाँचौं गोल थपे भने निर्धारित समयको अन्तिम मिनेटमा लेरोय सेनले छैटौं गोल गरेका थिए ।

अर्को खेलमा टोट्टनहामले उल्भरह्याम्पटनलाई उसैको मैदानमा ३–२ गोलले हरायो । टोट्टनहामका लागि एरिक लामेला, लुकास मोउरा र ह्यारी केनले गोल गरे । ११ खेलबाट २४ अंक बटुलेको टोट्टनहाम चौथो र समान खेलबाट २३ अंक हात पारेको आर्सनल पाँचौं स्थानमा छन् ।

जारी सिजनको घरेलु लिगमा चेल्सी हालसम्म अपराजित रहँदै आएको छ । यसअघि सन् २००५÷०६ र सन् २०१४÷१५ सिजनमा चेल्सीले यस्तो सफलता हात पारेको थियो । ती दुवै अवसरमा चेल्सीले उपाधि पनि जितेको थियो । चेल्सीका प्रशिक्षक माउरिजियो सारी पनि ११ खेलमा अपराजित छन् । यसअघि चेल्सको प्रशिक्षकका रूपमा यस्तो सफलता सन् १९९४ मा फ्रांक क्लर्कले हात पारेका थिए । यसैगरी प्रिमियर लिगमा म्यानचेस्टर सिटीले आफ्नो अपराजित यात्रा ४३ पुर्‍याएको छ ।

यसबीचमा म्यानचेस्टर सिटी ३७ खेलमा विजयी भएको छ भने ६ खेल बराबरीमा टुंगिएको छ । साउथएम्पटनले भने इत्तिहाद रंगशालामा पछिल्ला नौ खेलमा जित हात पार्न सकेको छैन । यसबीचमा इत्तिहाद रंगशालामा खेलिएका आठ खेलमा साउथएम्पटन पराजित भएको छ भने एक खेल बराबरीमा सकिएको छ । पछिल्लोपटक साउथएम्पटनले इत्तिहाद रंगशालामा सन् २००४ को अप्रिलमा जित हात पारेको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.