विद्यालयमा बगैंचा अनिवार्य

विद्यालयमा बगैंचा अनिवार्य

काठमाडौं : विद्यालय परिसरलाई हरियालीयुक्त बनाउन मुलुकभरका सबै विद्यालयले परिसरभित्र एउटा बगैंचा बनाउनुपर्ने भएको छ । मुलुकभर सरकारी र निजी प्रकृतिका ३५ हजार विद्यालय छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृत गरेको हरित विद्यालय कार्यक्रम निर्देशिका कार्यान्वयनमा आएसँगै यस्तो व्यवस्था लागू गरिएको हो ।

कात्तिक १५ गते मन्त्रीस्तरीय निर्णयले निर्देशिका स्वीकृत गरेको हो । यसलाई आधिकारिक रूपमा सोमबार सार्वजनिक गरिएको छ । मन्त्रालयले यसअघि एक विद्यालय एक बगैंचा तथा बृहत हरितक्षेत्र निर्माण कार्यक्रम घोषणा गरेको थियो । सोही घोषणा कार्यान्वयन गराउन निर्देशिका ल्याइएको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शिक्षा विभाग)ले निर्देशिका बनाएको हो । विद्यालयमा खाली जग्गा ज्यादै कम भएको अवस्थामा गमला, कौसी, बोरा, पर्खाल, बरन्डा, छतलगायत उपयुक्त स्थान र तरिका छानेरै भए पनि बगैंचा बनाउनुपर्नेछ ।

बगैंचा नबनाउने विद्यालयलाई  पुरस्कार, सम्मानलगायत सुविधा नदिइने

बगैंचामा भौगोलिक अवस्थितिअनुसार धुपी, अशोका, साइकस, क्रिसमस ट्रीसहित अम्बा, आँप, लिची, स्याउ, नास्पातीलगायत बिरुवा लगाउनुपर्नेछ । यसको मुख्य लक्ष्य प्रत्येक विद्यालयमा कम्तीमा पनि एउटा बगैंचा निर्माण र विद्यालय सेवाक्षेत्रका सार्वजनिक स्वामित्वमा रहेको खाली जमिनमा वृक्षरोपण गरी हरियालीयुक्त वातावरण बनाउनु रहेको मन्त्रालयले जानकारी दिएको छ ।

कार्यक्रम कार्यान्वयनका लागि केन्द्रीय स्तरमा मन्त्रालयका सचिवको अध्यक्षतामा १६ सदस्यीय समिति गठन भएको छ । प्रदेश स्तरमा भने सामाजिक विकास मन्त्रालयका सचिवको अध्यक्षतामा १३ सदस्यीय कार्यक्रम कार्यान्वयन तथा अनुगमन समिति छ ।

यसको प्रभावकारी कार्यान्वयनका लागि जिल्ला तथा विद्यालय तहमा पनि अनुगमन समिति गठन हुनेछ । एक विद्यालय एक बगैंचा तथा बृहत हरित क्षेत्र निर्माण कार्यक्रम सञ्चालन गर्न र विद्यार्थीलाई सक्रिय बनाउन हरेक विद्यालयमा प्रधानाध्यापक संरक्षक रहने गरी इको क्लब गठन हुनेछ ।

आधारभूत तहमा बढीमा ९ र माध्यमिक तहमा ११ देखि १५ जनासम्मको इको क्लब हुनेछन् । निर्देशिकाअनुसार सबै विद्यालयले काम थाल्नुपर्ने शिक्षा तथा मावन स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले बताए । बगैंचा नबनाउने विद्यालयलाई सरकारले दिने पुरस्कार, सम्मान तथा अन्य समारोहका लागि अयोग्य बनाइने मन्त्रालयको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.