कांग्रेसकाे उपसभापतिमा विजयकुमार गच्छदार मनाेनीत

कांग्रेसकाे उपसभापतिमा विजयकुमार गच्छदार मनाेनीत

काठमाडाैं : नेपाली कांग्रेसको महासमिति बैठक आगामी मंसिर २८ गतेसम्मका लागि सरेकाे छ । मंगलबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले विजयकुमार गच्छदारलाई उपसभापतिमा मनाेनीतसमेत गरेको छ । कांग्रेसमा आन्तरिक विवादबीच पार्टी एकताबाट आएका नेता गच्छदारलाई उपसभापतिमा  मनाेनयन गर्नुका साथै महासमिति बैठक सारेको हो ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पाैडेल, प्रकाशमान सिंह र अर्जुन नरसिंह केसीले पार्टीकाे यस्ताे निर्णयमा अापत्ति जनाउँदै असहमति जनाएका छन् । बाधाअड्चन फुकाउ जारी नगरी  निर्णय भएकाे भन्दै उनीहरुले असहमति जनाएका हुन् ।

मंसिर २८ गतेका लागि सरेको महासमिति बैठक पुस ३ गतेसम्म काठमाडौंमा चल्ने छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.