पूर्वकुमारीको भाइटीका अनुभव
काठमाडौं : पन्ध्र मिनेटदेखि दोस्रो तल्लाको बैठक कोठामा कुरि रहेछु । बुबा प्रतापमान शाक्य मोबाइलमा छोरीको फोटो देखाउन थाले । ‘ल हेर्नुस्, यो गतवर्षको भाइटीका हो ।’ फोटो एक एक गर्दै आरामले हेरें । घरको वाइफाइ पासवर्ड मागेर फोटो ट्रान्सफर गर्न भ्याइयो । कोठामा ठूला ठूला फ्रेमका फोटोहरू सबै नियालियो । बुबा प्रतापमानसँग ‘इधर उधरकी बातेँ’ चलिरहयो । तर पूर्वकुमारी मतीना शाक्यको दर्शन अझै भएन ।
२०७५ को दसैंलाई बाइबाइ गरिसक्यौं । अब तिहारको स्वागत हुँदैछ । काष्ठमण्डपलाई देब्रे पार्दै, मरुगणेशथानलाई दाहिनेबाट मोडेर जादाँ बसन्तपुर दरबार पुगिन्छ । क्षेत्रपाटी जाने गल्ली हुँदै हिडौं अब । त्यहि गल्लीमा किलागलको टिपिकल नेवारी बस्ती छ । बाटोभरी सयपत्रीको सुगन्ध छर्दै । माटो कादियो, ज्यामिर र भोगटे लस्करै फैलाएर बसेको छ त्यो ठाउँ आजभोली ।
हिँड्दै जाँदा साघुँरो गल्लीको भिँडमा दाहिनेपट्टि हरियो बोर्ड झुण्डिएको रहेछ । बोर्डमा लेखिएको छ इतुम्बाल (इतुमबहाल) ।द्यः मयजु (पूर्वकुमारी) मतिनाको घर त्यही चोकमा छ ।
मतिना याक्न क्वाँ वा सा ( मतिना छिट्टोतलआउ त) । बुबा प्रतापमान ढोका संगैको भ¥याङमा गई छोरीलाई बोलाउन थाले । तर द्यः मयजु आउनु भएन । बुबा टुसुक्क खाटमा बस्नु भो । ‘मतिनाको आफ्नै दाजुभाई छैन’, उनले एक्कासी भने, ‘सानी आमाको छोरा रुनित र फूपुको नाती एकांश शाक्यलाई मतिनाले टिका लगाइ दिन्छिन् ।’
१३ वर्षका रुनित र ३ वर्षका एकांशले २०७४ सालमा मतिनाको हातबाट भाइटिका लगाएका रहेछन् । कुमारी घरमाहुँदा रुनितले दिदीलाई संधै देवीको रुपमा देख्थे । जाने बित्तिकै खुट्टा ढोगेर आशिर्वाद लिन्थे । ‘दिदी घर फर्किएपछि मैले उनको खुट्टा ढोगेको छैन ।’ रुनितले लजाउँदै भने । गतवर्ष भाइटिकामा खाममा केही पैसा राखेर दिदीलाई दिएको रुनितलाई याद रहेछ । ‘मेरो दिदी छैन त्यसैले उहाँको हातबाट टिका लगाउँछ’ु,उनले कलिलो आवाजमा सुनाए ।
कोठाको भित्तामा पहिलो र सायद अन्तिम पल्ट जिवित कुमारीका बडेमानका दुई फ्रेमिङ् फोटा थिए । एक पूर्वपट्टि र अर्को दक्षिण पट्टिको भित्तामा । ती तस्बिरहरु घाम उदाउने र अस्ताउने विन्दु जस्तै देखिन्थे । एक सुनौलो बिहानी जस्तो अर्को छितिजपारिको घाम जस्तो ।
बुबाले फेरि अर्को पटक द्यः मयजुलाई बोलाउनु भयो । यो पटक पनि उहाँ तल झर्नु भएन । मेरो घडिको सुइ फन्फन घुमे जस्तो भयो र प्रतिक्षा स्लो मोसनमा कुद्न थाल्यो ।
बुबाले अन्तिम पटक आवाज दिनु भयो । यस पटक द्यःमयजु बिस्तारै कोठाको ढोका छेउ आउनु भो । रातो टिर्सट र कालो प्यान्टमा । सोफामा बसिरहेको थिएँ म । उठेर नमस्कार गरुँ की गएर खुट्टा ढोगुँ । अलमल्लमा परेँ । बुबा प्रतापमानले पूर्वकुमारी मतिनालाई खाटमा बस्न लगाए । म अझै दोधारमै थिएँ ।
देवी कुमारीको रुपमा बाहेक द्यः मयजुलाई मैले प्रत्यक्ष सामान्य रुपमा देखेको थिइन । सँधै इन्द्र जात्राका दिन कुमारीको रथमा उहाँलाई देख्थेँ । नौं वर्षसम्म लगातार मतिनालाई जिवित देवीको रुपमै देखेथेँ । त्यतिबेला दर्शन पाउँन घन्टौं प्रतिक्षा गरिन्थ्यो ।
प्रत्यक्ष भेट्दा केहि नभए पनि हाइहेलो गर्न मन लाग्यो । तर उनी देवी हुन् । कसरी सामान्य मान्छेलाई जस्तो व्यवहार गर्नु । फेरि नेवार समूदायमा जिबित देवीलाई बढो सम्मान र आदर गरिन्छ । म ठूलो धर्मसंकटमा परेँ । एकचोटि त बहिनी भनेर बोलाउन मन लाग्यो । तर फेरि मनैले दिएन ।
कुमारी घरबाट आफ्नो घर फिर्ती भएपछि पनि पूर्व कुमारीको समुदायमा त्यत्तिकै सम्मान हुने गरेको छ । स्कूलमा पनि उनलाई सबैले माया गर्छन् । कुमारी मध्य पनि सबैभन्दा शान्त, मायालु र सोझी द्यःमयजुका रुपमाउनलाई सबैले चिन्छन् ।
सोफामा बस्न अप्ठेरो लागेपछि म भुँइतिर ओरालो लागि सकेको थिएँ । ‘तिमी मेरो मतलब तपाइलाई भेट्टन आको ।’ सम्मानार्थी शब्द प्रयोग गरौंकी सामान्यार्थी । मेरो जिब्रोले ठम्याउन सकेन । धेरै पटक तिमी र तपाइका बीच झुलिरहयो । अर्को उल्झन थियो आदर गर्ने विषय । ढोग्नु त पर्ने हो तर लाज लाग्यो । पछि सबैलाई कुरामा भुलाएँ र खाटसंगै गएर मैले द्यःमयजुको खुट्टा सुटुक्क छोएँ ।
बुबा प्रतापमान भन्दै थिए । ‘मतिनालाई भाइटिका गर्न मन लाग्छ । गत साल निकै खुसी थिइन् ।’ तर सबै हतार हतारमा भएकाले द्यः मयजुलाई भाइटिकाको धेरै ज्ञान नभएको उनी बताउँदै थिए ।
मैले हतार हतार सोधे,ँ ‘किनथाहा छैन । अरुबेला भाइटिका गरेको थिएन र ? ’ बुबाले भन्नु भो, ‘कुमारी हुँदा त भाइटिका कहाँ गर्न पाइन्छ र । देवीले भाइटिका गर्ने कुरा हाम्रो परम्पराले दिँदैननी ।’ उनले सहज रुपमा जवाफ फर्काए । मतिनाको आफ्नै भाइ नभएकाले पनि यो विषयमा खासै प्रस्ताव नराखेको बुबा प्रतापमान बताउँदै थिए ।
छानिएका प्रत्यक कुमारीले आफ्नो बच्पन ८ देखि १० वर्षसम्म कुमारी घरमै बिताउँछन् । दर्शन गर्न आउनेलाई जिवित देवीले आर्शिवाद दिन्छिन् । तोकिएको ठाउँमा बाहेक उनीहरु आफ्नै घर पनि जान पाउँदैनन् । त्यसमाथि जिवित देवीले आफ्नो रक्षाकालागि दाई वा भाइलाई टिका लगाइदिनु पर्ने त झन् आवश्यकता नै परेन । त्यसैले सायद जिवित देवीले भाइटिका मनाउँदैनन् ।
मेरो मनमा प्रश्न उब्जियो त्यसो भए द्यःमयजुले नांै वर्षसम्म भाइटिका मनाउनु भएन त? ३ वर्ष ६ महिनाको उमेरमा कुमारी बन्नु भएकी मतिना शाक्य १३ वर्षको उमेरसम्म कुमारीको पदमा रहिन् ।
कुमारी घरमा हुँदा जिवित देवीको रेखदेख गर्नेहरु हुन्छन् । प्रत्यक दिन १२ देखि ४ बजेसम्म पढाइ पनि हुन्छ । चाडपर्वमा आफन्तहरु कुमारीसंग भेटघाट गर्न आइरहन्छन् । २०७४ सालमा तृषना शाक्य नयाँ कुमारी भएसंगै काठमाडौंमा अहिलेसम्म १७ जना कुमारी भइसकेको रेकर्ड छ । पाटनमा चार र बुगमतिमा आठ कुमारीको नाम लिष्टिङमा छ ।
पहिलो र यसपालिको भाइटिका द्यःमयजु मतिनाको केही फरक हुने देखियो । यो पाली उनी सुझ बुझका साथ भाइटिका मनाउँदै छिन् । गतवर्ष महाअष्टमीका दिन कुमारीबाट अवकाश पाएपछि द्यःमयजुले सामान्य जिवन बिताउन थालेको धेरै भएको छैन ।
मतिना कुमारी हुँदा उनकी दिदी मिजला शाक्यले मात्र भाइहरुलाई टिका लगाउने गर्थिन् । ‘भाइटिकाको दिन बहिनी मतिनाको अभाव जहिले खड्कने गथ्र्यो’ मिजला भन्छिन् । सबै परिवार संगै हुँदा कोही एकजना छैन भन्ने कुरा मनमा आइ रहन्थ्यो । बहिनी घर फर्किए पछि दिदी मिजला मख्ख छिन् ।
‘हाम्रो नेवारी चलनमा जाकि सिन(चामलको टिका) मात्रभाइलाई लगाइदिने हो ।’ बुबाले भने । मण्डप कोरेर खिलइता (सेतो कपडाको लामो बत्ती) बालेर भाइटिका गर्ने हो ।’ यो सबै मतिनाले यसपालि राम्रोसंग सिक्न पाउने उनले बताए ।
मैलै पूर्व कुमारी मतिनालाई सोधेँ, पहिलो पटक भाइटिका गर्दा कस्तो अनुभव भयो?
‘राम्रो लाग्यो’उनले सटिक जवाफफर्काइन् ।
कस्तो हुँदो रहेछ भाइटिका ? मैले फेरि सोधेँ ।
‘रमाइलो’ फेरि छोटो उत्तर आयो ।
भाइटिकाको बारेमा तपाइलाई केहीथाहा छ?
..........मतिना बोलिनन् । निहुरिएर बसिन् । । खाटमा झोलिएका खुट्टा हल्लाउन थालिन् । दुवै हातका औंलाहरु मुसार्न थालिन । वरिपरि भाई, दिदी, बुबाआमा बस्नु भएको थियो । उनी घरिघरि ती सबैलाई पालाकपुलुक हेर्थिन् । तर बोलिनन् । अहँ पटक्कै बोलिनन् ।
मैले फेरि सोधेँ, कुमारी घरमा रमाइलो कीआफ्नै घरमा?
‘दुवै’
अन्तिमप्रश्न गरेँ, कुमारी हुँदा भाइटिका गर्न मन लाग्थ्यो ?
‘लाग्थ्यो’ ।
द्यः मयजुसंगको गफमलाई अझै तन्काउन मन लागेन । डेढ वर्ष त भयो उनी कुमारी घरबाट बाहिरिएको । अन्जान मानिससंग घुलमिल हुन सायद मतिना अझै सकेकी छैनन् ।