नेपालमा बढ्दो क्रिकेट क्रेज

नेपालमा बढ्दो क्रिकेट क्रेज

पोखरा  : नेपाली क्रिकेट भर्खर टुकुटुकु हिँड्न थालेको छ । तर पछिल्लो समय एउटा सुखद् दृश्य देखिएको छ, जसले नेपाली क्रिकेटको भविष्य उज्वल रहेको संकेत गर्छ । यही वर्ष सुरु भएको पोखरा प्रिमियर लिग (पीपीएल) मा १२ विदेशी खेलाडी सहभागी भएका छन् ।

राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सशक्त प्रदर्शन गर्न थालेसँगै घरमा पनि टीट्वेन्टी फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता बढ्न थालेका छन् । सन् २०१७ यता एभरेष्ट प्रिमियर लिग (ईपीएल) र धनगढी प्रिमियर लिग (डीपीएल) आयोजना हुँदै आएको छ । यो वर्षबाट पोखरा प्रिमियर लिग समेत सुरु भएको छ । यी प्रतियोगितामा विदेशी खेलाडीको सहभागिता पनि बढ्दो छ ।

सबैभन्दा धेरै भारतबाट छ जना खेलाडी आएका थिए । यूएईका तीन खेलाडीले पीपीएल खेले । यी विदेशी खेलाडीले पीपीएलमा आफूलाई अब्बल सावित गरेका छन् । सर्वाधिक रन बनाउने खेलाडीको सूचीको शीर्ष पाँचमध्ये चार खेलाडी विदेशी नै छन् ।

उपाधि जितेपछि खुसी मनाउँदै पोखरा पल्टनका खेलाडीहरू

फाइनलअघिसम्म काठमाडौं टोलीका भारतीय खेलाडी गौरभ तोमार दुई सय १२ रन जोडेका छन् । विराटनगर टाइटान्सका पाकिस्तानी खेलाडी मोहम्मद जइद आलमले पनि दुई सय नौ रन बनाएका छन् । पीपीएलमा सहभागी भएको एक्सपर्ट धनगढीले इंग्ल्यान्डका डान लरेन्स र पिटर ट्रेगोलाई खेलायो । २१ वर्षीय लरेन्स र ३७ वर्षीय ट्रेगोले इंग्ल्यान्डमा लिष्ट ‘ए’ मा थुप्रै खेल खेलेका छन् । ट्रेगोले पाँच खेल खेल्दै एक सय ६६ रन जोडे भने लरेन्सले पनि उत्तिनै खेलबाट ६५ रन बनाए ।

नेपालमा देखिएको क्रिकेटको माहोलले आफूहरुलाई आकर्षित गरेको यी खेलाडी बताउँछन् । ‘नेपालमा क्रिकेटको माहोल निकै राम्रो छ । यहाँको खेल संस्कार पनि अब्बल दर्जाको छ । फ्यान फलोइङ पनि निकै राम्रो छ’, बुटवल ब्लास्टर्सबाट पीपीएल खेल्ने यूएईका खेलाडी रोहन मुस्तफा भन्छन्, ‘यहाँका धेरै खेलाडीसँग राम्रो सम्बन्ध रहेकाले पनि मलाई नेपालमा क्रिकेट खेल्न सहज भएको छ ।’

फाइलन खेलमा पोखराविरूद्ध बलिङ गर्दै चितवनका खेलाडी सन्नी पटेल । भारतीय खेलाडी पटेल प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्न सफभ भए । 

धनगढी टोलीका इङ्लिस खेलाडी पिटर ट्रेगो नेपालको वातावरणले आफूलाई आकर्षित गरेको बताउँछन् । ‘पोखरा क्रिकेट मैदानको दृश्य अत्यन्त सुन्दर छ,’ ट्रेगोले भने, ‘यहाँको वातावरणले निकै लोभ्यायो । म फेरि पनि नेपालमा खेल्न चाहन्छु ।’

पीपीएल आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाले विदेशी खेलाडी नेपालमा क्रिकेट खेल्न इच्छुक देखिएको बताए । छोटो समय र प्राविधिक कारणले पीपीएलमा आउन चाहेका अरु राम्रा खेलाडीलाई सहभागी गराउन नसकिएको उनले बताए । यसै वर्ष हुने ईपीएलको दोस्रो संस्करणमा सहभागी हुने टोलीले पनि विदेशी खेलाडी भित्र्याउने घोषणा गरिसकेका छन् ।

पीपीएलमा सहभागी विदेशी खेलाडी :

एक्सपर्ट धनगढी

– डान लरेन्स (इंग्ल्यान्ड)

– पिटर ट्रेगो (इंग्ल्यान्ड)

चितवन राइनोज

– स्मित पटेल (भारत)

– सन्नी पटेल (भारत)

विराटनगर टाइटान्स

– मोहम्मद जइद आलम (पाकिस्तान)

– एन्टोन एन्ड्रयु सुभिक्सन (भारत)

बुटवल ब्लास्टर

– चिराग सुरी (यूएई)

– रोहन मुस्तफा (यूएई)

पोखरा पल्टन

– रविइन्दर सिंह (भारत)

– मोहम्मद नाविद (यूएई)

हुलास काठमाडौं रोयल्स

– जयक्रिसन कोल्सावाला (भारत)

– गौरभ तोमार (भारत)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.