दिव्य चक्षु उघार्ने पर्व
विजया दशमी पर्व/महोत्सवलगत्तै पछाडि आम नेपालीका घरदैलो प्रवेश हुने यमपञ्चक तिहार आफैं विशिष्ट महत्ववाहक बनेको छ। यमपञ्चक तिहारको विशेष महत्व दिदी–बहिनी मात्रले आफ्ना दाजुभाइलाई बर्सेनि मायालु–स्नेही सगुनसहित सजीवनमा उपहारसहित गरिने सम्मानजनक पूजन–अभिवादन–अभिनन्दन उत्सव ठहर्छ।
काग–तिहार, कुकुर–तिहार, गाई–तिहार–लक्ष्मी पूजा, गोरु पूजा–गोवर्धन पूजापछि भाइटीका मनाइने परम्परा छ। हाम्रा दिदीबहिनीका एक्लो प्यारो भाइ मरनासन्न बिरामी परेको दर्दनाक स्थितिबाट मुक्ति पाउन यमराजलाई विनम्र अनुनय विनयद्वारा अभिभूत भई कागतिहारदेखि भाइटीकासम्मै निरोगी, आरोग्यवान् गराएको लोकवार्ता छ। प्रत्येक चाडपर्वसित यस्तै तर फरकफरक जनजिब्रोमा लोककथन झुन्डिएका हुन्छन्।
यी र यस्तै लोकवार्ताको पृष्ठभूमिका आधारहरू संस्कृति र सांस्कृतिक संस्कार पौराणिक र पारम्परिक कहलिन पुगेको छ। पौराणिक र पारम्परिक बन्नुका अरूअरू कारण पनि नभएका होइनन्। प्रसंगवश यमपञ्चक तिहारको भाइटीकासित सटिएका जनधारणा मात्र उल्लेख गर्नु उपयुक्त ठानें, मानें !
प्रसंगवश वैदिक सूत्रमा आधारित यमपुरी, यमलोक यस मत्र्यमण्डल–पृथ्वीका हामीजस्ता मरणशील नरनारी चेतनशील प्राणी भयौं। यिनका इहलौकिक जीवनलाई सदासर्वदा कर्मनिष्ठ राख्न प्रेरित गरिरहनु उपयुक्त मानी परलोकको सृजनामूलक अवधारणा पनि सञ्चित भए गरिएका छन्। पारलौकिक अवधारणा पनि सिर्जित छन्। आत्मतत्व अजर–अमर रहेको भागवतगीताको अध्याय श्लोकले स्पष्ट्याउँछ यसरी:
नैनं छिन्दन्ति शस्त्राणि, नैनं दहति पावक,
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः।।
अर्थात् न आत्मालाई शस्त्रहरूले नै छिनाल्न सकिन्छ, न त आगोले नै भस्म गर्न सक्छ, न मुसलधारे पानीका बहाबले नै बगाउने बल राख्छ, न त आँधीबेहरीले नै तितरवितर पार्ने क्षमता राख्छ। आत्मतत्वको स्वरूप यस्तो रहेको छ। मृत्युपछि दैहिक लीला समाप्त हुन्छ। तर अजर–अमर तत्वले मानिस प्राणीले सन्देहमा गरेका कर्तव्यच्युत अकर्म–परपीडा, दुष्कर्म, पापाचारको परलोक–यमपुरीमा दुःखकष्ट भोगिन्छ। यमलोकमा त्यस्ता पापात्मालाई असह्य वेदना भोग गराइन्छ। सत्कर्म, सुकार्य–लोक उपकार गर्ने धारणा जगाई जिउने जीवन पालना गर्ने, गराउने प्रेरणामूलक सन्देश बोक्दो सूक्ति हुन् यी।
यमपञ्चक पर्व कुनै हदसम्म यमलोक र यमराजपरक छ। यस प्रसंगलाई यहीं एक क्षण हामी काग, कुकुर, गाई/लक्ष्मी, गोरु–गोवर्धन पूजाको प्रसंग चलाउनु उपयुक्त ठानौं। चराचर जीव–जन्तु, पशुधनहरूलाई समेत मानव प्राणीकै कोटीमा ठम्याई समान सम्मान सूचक व्यवहार गर्नुपर्ने, संस्कार पालना नगरिनहुने मूलभूत कुरा यिनभित्र लेसिएका छन्।
संस्कृतिजन्य प्रायः व्यवहार र चलन, परम्पराभित्र जीवन–जगत् सटिक मूल्य–मान्यता अन्तरनिहित रहेका हुन्छन्। जीवन–जगत्का लागि हामीले नै चराचर सबैै प्रकारका जीवजन्तु परिपालन गरी रक्षा नगरी व्यापक रूपमा आमूल वातावरण र प्रत्येक समाज र राष्ट्र«हरूका आआफ्नो पर्यावरण सन्तुलित नराखी हुन्न, राख्नैपर्छ। हाम्रो समाजमा अद्यावधिक नै काग जीवलाई सन्देशवाहक प्राणीका रूपमा ग्रहण गरिएको छ। हुन पनि कागलाई सूचक प्राणीको रूपमा स्थापित गर्नुका आधार अनेक भेटिन्छन्।
पारम्परिक समाजमा अहिले एक्काइसौं शताब्दीमा झैं सूचना, सञ्चार र इन्टरनेट, रेडियो, टेलिभिजनको नामनिसाना थिएनन्। त्यस पौराणिक कालका निमित्त काग पक्षी नै सर्वमान्य सम्वाहक सूचक प्राणी हुनु अस्वाभाविक थिएन। काग पक्षीको अन्तरक्षमता पनि त्यस्तै थियो र अझै छ।
सामान्य रूपमा कागका का... का... बोली/ ध्वनि/आवाज जे भनिए नि सामान्य, असामान्य, अद्भुत/विस्मयकारी/विनाशसूचक अशुभ र शुभलक्षण सूचक ध्वनि आवर्तन, प्रत्यावर्तन गर्न सक्ने क्षमतावान् पक्षी हो।
यसको प्रत्यक्ष प्रत्याभूति गराउन हाम्रै एक नेपाली युवा स्कुल, कलेजहरू घुमिफिरी कागकै स्वरकण्ठ/बोली निकाली कागहरू बसेकै ठाउँमा भेला गराउने, कोलाहल स्वरसहित उडाउन लगाउने चमत्कार गरेको आफैंले भुक्तमान गरेको अनुभूति कुम्ल्याएको कुम्लो छ।
काग प्रजातिका पक्षीको स्वर संयोजन बुझ्न सकिने ज्ञान आर्जन गरे थें ! विस्मयकारी त्यस क्षणले कागमा भविष्य सूचक चेत उनको मनमस्तिष्कमा विद्यमान रहेको पत्यारिलो ढाडस दिएछ मलाई।
स्वानवली/कुकुर पूजाको दिन बिहानै घरघरमा सँघार पुज्छन् कुकुर प्राणीलाई। कुकुरको महिमा अपरम्पार छ। तिनका घ्राण/सुँघ्ने शक्ति क्षमतावान् छ। सुँघेरै मात्र पनि उनले दोषी–निर्दाेषी छुट्ट्याउन सक्ने क्षमता विश्वव्यापक छ। उनका रात्रि दृष्टि अहिले विज्ञान विषयक चमत्कार नै प्रमाणित छन्।
इमानदारी र कर्तव्यनिष्ठ गुण–संस्कार सर्वविदित छन्। कुकुर पूजनका मर्म नितान्त सटिक, सार्थक रहेका छन्। अहिले आएर हाम्रा यी प्राचीन तर जीवन संस्कारयुक्त सांस्कृतिक अनुसरण अर्थबोधबिना मात्र परम्परा धान्ने साधना रहे, बचेर संकटग्रष्ट रहेका छन्। त्यसमा अन्तरनिहित मर्म विश्लेषण हुन छाडे कालान्तरमा हाम्रा सांस्कृतिक संस्कार अन्धविश्वासमा परिणत हुनेछ।
गाई पूजनलाई लक्ष्मी पूजासरह नै मनन गरी मानिआएका छौं अद्यावधिक नै। गाई सुशील, सान्त र बिनाहानिकारक प्राणी रहेको छ। आफ्नो दूध दुहाउँछ। दूध दुहाएर बाल, वृद्ध, अस्वस्थ युवा सबैलाई पौष्टिक आहार दिई पोषण गर्छन्। जीवन्तसम्म गोबर दिई मलमूत्रद्वारा समाज कल्याणमा सार्थक योगदान दिन्छन्। गोबर ग्यास, गोमूत्र वैज्ञानिक मल, ऊर्जा उत्पादक तत्व, गोमूत्र रासायनिक मात्र नभई वैज्ञानिक प्राकृत उपचार साधनाका आधार आदि साबितिएका छन्।
अवसानपछि पनि छाला, हाड, सिङ, खुरहरू औद्योगिक प्रयोगका र उपयोगी साधन बनिरहेका हुन्छन्। सम्भवतः यी र यस्तै अनेक आधारशिला विश्लेषण गरी नेपाली मनीषी मस्तिष्क पुञ्जहरूले गाईलाई हाम्रो नेपालको राष्ट्रिय जीवजन्तु निर्धारण गरिएथे। यी हुन् तेजेश्रबाबु ग्वंगः का सांस्कृतिक विवेचना ! औकातभरिको सौगात भन्छु आम पाठक, विश्लेषक, शिक्षण समुदायका आम मननशील पाठक समाजलाई तिहारको ...!
गोवर्धन पूजा–गोरु पूजन ! साथै पर्वतीय देशका पहाडहरूको पनि पूजन ! पहाड पूजन गर्नुको अर्थ विन्यास जंगल सुरक्षण..। जंगल मंगल ..! मंगल यसनिमित्त कि त्यहाँ अनेक अनमोल जडिबुटी छन्। हराभरा घाँस, रूख, बिरुवा, पातपतिंगर सबथोक पाइन्छन्। खेती गर्ने कृषिप्रधान मुलुकले यस्ता अनेक जडिबुटीको अजस्र स्रोत रहेका पर्वत शृंखलाका पूजा नगरी के गर्ने..? गोवर्धन गर्न यी हराभरा श्रेणी र शृंखलाको पूजा नगरी साध्य हुन्न...!
पुर्खाले चेतनशील चिन्तन गरी गोवर्धन पूजाको संस्कारयुक्त संस्कृति रोपे, संस्थापन गरेथे। संस्कार र संस्कृति अन्ध परम्परा हुन्नन्, रहन्नन्। तिनै त मर्म र अन्तरंग हुन्छन्। मात्र हाम्रा दिव्य चक्षु उघ्रिनुपर्छ। मात्र चर्मचक्षु पर्याप्त रहन्नन्...! त्यसरी वैज्ञानिक उपकरण आविष्कार भइनसकेका आदिम कृषिवाला जीवन सभ्यता र संस्कृति युगमा गोरु नजोती सुखै थिएन।
आफ्नो जीवन आधार रहेको खेती–किसानीका निमित्त हलो जोत्नुपर्ने गोरु संरक्षण, संवद्र्धन नगरी कसरी उद्देश्य प्राप्ति हुन्छ। तत्कालीन समाजले रोपे हुन् ! संस्कार र संस्कृतिले युगीन मर्मका सन्देश बोक्छन्। मात्र हामीमा बोधितत्व स्फुरण हुन सकेको, भइसकेको, हुनुपर्ने फरक अवस्था हाम्रा हुन्। बोधितत्वको प्रस्फुरणले बृहत् विश्लेषण क्षमता प्रदान गर्छ... !
सम्भवतः यिनै बोधितत्व सँगालेर नेवार समुदायले गोवर्धन पूजाकै दिन म्हपूजा/आपूmलाई आफैंले सम्मानपूर्ण आरती लगाई आत्मा देह–शरीर र देहभित्रका अदृश्य अन्तरआत्मालाई पनि पूजा/अर्चन गर्दछन्। आपूmलाई आफैंले दीप प्रज्ज्वलन गरेर, आपूmलाई आफैंले देदिप्यमान गरी आत्मदर्शन, आत्मचिन्तन, विश्लेषण गर्ने साधनास्वरूप म्हपूजा संस्कृतिको संस्कार मनाइन्छ। यी र यस्तै अरु संस्कारभित्र गहिरो जीवनदर्शन अन्तरनिहित हुन्छन्।
तिनका स्वाद लिन सक्ने क्षमता हासिल गर्नु त हो सांस्कृतिक परिशिलनलको मूल मन्त्र ..! यति महान् आत्मबोधि ज्ञानप्रति सांस्कृतिक संस्कार परिपालन हुने गरिने दिनकै अवसरमा चन्द्रमासका प्रतिपदाकै अवसरमा नेपाल सम्वत्का आरम्भिक मुहूर्त रहेको छ।
यमपञ्चक तिहारका अन्तिम सूत्राधार भाइटीका संस्कृति पालन ! दिदीबहिनीले दाजुभाइलाई आपसमा स्नेह सम्मानका टीका लगाउने संस्कार रहेको... दिदीबहिनी तथा दाजुभाइबीच आपसमा स्नेह–सम्मोहनका टीको आदानप्रदान गर्नु हाम्रा मौलिक पारिवारिक, सामुदायिक सामाजिक, सामूहिक संस्कार यो। चाडपर्व संस्कृति घर जहान परिवारसँग गाँसिएर सामूहिक नेपाली राष्ट्रिय सांस्कृतिक पर्व धुप, दीप, नैवेद्यको रूपान्तरण चाडपर्व रहेको छ।
सेलरोटी, मिष्ठान्न–मिठाइहरू, सार्थक शुभेच्छाका प्रतीक बनेका रसदार फलफूलहरू दीर्घायु कामनाका प्रतीकस्वरूप काजु, पेस्ता, कागजी बदाम, दाँतेबखर दाना, युगीन चकलेट–टफी, मसलादार पान सगुनका प्रतीक हुन्।
जजंका–जनाई–उपवित–धागोको माला–पुष्पमाला आदि सगुन उपहार भाइटिकाका मूलभूत सामग्री सराजाम ! दाजुभाइमा दिइने यी उपहार साथै उनीहरूले पनि दिदीबहिनीलाई सक्दो उपहार आदान–प्रदान गरिनु भ्रातृ–भगिनी शुभेच्छा साटासाट हुनु–गर्नुको उदाहरण..!
यसका साथसाथै भाइटीकाका साइत समय, विधि तरिका आ–आफ्नै पारिवारिक पृष्ठपोषण रहे बनेका हुनु समुदाय अनुरूप सामुदायिक विधान बनेका हुन्छन्। नेवार समुदायबीच भाइटीका अगावै मण्डप बनाउने संस्कार जुटेको छ। प्रत्येक परिवारका कुलघरान अनुरूप मण्डपहरू निर्माण गरिने संस्कार बनेका छन्। मल्ल कुलीन घरानहरू टीको थाप्ने पात्रलाई बीच बसाई ठूलो अण्डाकार मण्डप तयार पार्छन्।
मण्डपका चारै दिशा पूर्व, पश्चिम, उत्तर, दक्षिण दियो बालिन्छन्। मध्य भागमा लामो एक एक जोडी तोरीको तेलमा भिजाएको सलेदो–दीप प्रज्वलन गरिन्छन्। मानौं दीपप्रज्वलन संस्कार उज्वल जीवन भविष्य कामनाका सार्थक प्रतीकात्मक विम्बबोधक बनेका हुन्, छन्...! लाग्छ– त्यस मण्डपका चारै दिशाामा प्रज्ज्वलित दियो यमराजका लागि प्रतिबन्धित तान्त्रिक सीमारेखा हुन् !