भारतीय क्रिकेट कन्ट्रोल बोर्डमाथि खनिए गम्भीर

भारतीय क्रिकेट कन्ट्रोल बोर्डमाथि खनिए गम्भीर

कोलकाता : भारतीय क्रिकेटर गौतम गम्भीरले खेल पदाधिकारीको क्रियाकलापप्रति आक्रोश व्यक्त गरेका छन् । उनले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) र बंगाल क्रिकेट संघ (सीएबी)का पदाधिकारीप्रति आक्रोश व्यक्त गरेका हुन् । कोलकाताको इडेन गार्डेन रंगशालामा आइतबार राति खेलिएको भारत र वेस्ट इन्डिजबीचको खेलअघि क्रिकेट अधिकारीहरूले गैरजिम्मेवार कार्य गरेको गम्भीर आरोप छ ।

उक्त खेल सुरु हुनुअघि इडेन गार्डेन रंगशालामा पूर्वक्रिकेटर मोहम्मद अजहरुद्दिनलाई घन्टी बजाउन दिएर बीसीसीआई र सीएबीका पदाधिकारीले गलत परम्परालाई प्र श्रय दिएको गम्भीरको आरोप छ । भारतको इडेन गार्डेन र अन्य केही रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता सुरु हुनुअघि पूर्वक्रिकेटरलाई घन्टी बजाउन लगाएर खेल शुभारम्भ गर्ने परम्परा छ । सो प्रयोजनका लागि रंगशालामा ठूलो घन्टी झुन्ड्याइएको छ ।

भारत र वेस्ट इन्डिजबीचको पहिलो टीट्वेन्टी क्रिकेट सुरु हुनुअघि अजहरुद्दिनलाई घन्टी बजाएर खेलको शुभारम्भ गर्न लगाइएको थियो । अजहरुद्दिन खेल मिलेमतो गरेको आरोपमा बीसीसीआईबाटै प्रतिबन्धमा परेका पूर्वक्रिकेटर हुन् । ‘भारतले खेल त जित्यो तर हाम्रा खेल पदाधिकारीले गलत परम्परालाई प्र श्रय दिएकोमा दुःख लागेको छ’, गम्भीरले समाजिक सञ्जाल ट्विटरमा ट्विट गरेका छन् । उक्त खेलमा भारत पाँच विकेटले विजयी भएको थियो ।

आफ्नो समयमा चर्चित खेलाडी अजहरुद्दिन सन् २००० मा खेल मिलेमतो प्रकरणमा मुछिएका थिए । सोही आरोपमा बीसीसीआईले उनीमाथि आजीवन कुनै पनि क्रिकेट गतिविधिमा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाएको थियो । यस्तो प्रतिबन्धविरुद्ध अजहरुद्दिनले आन्ध्र प्रदेश उच्च अदालतमा पुनरावेदन गरेका थिए । अदालतले सन् २०१२ मा अजहरुद्दिनकै पक्षमा फैसला सुनाएको थियो । त्यसपछि भने बीसीसीआईले उक्त फैसलाविरुद्ध माथिल्लो अदालतमा पुनरावेदन गरेको थिएन ।

अजहरुद्दिनले भारतका लागि ९९ वटा टेस्ट क्रिकेट खेलेका थिए । उनले ४७ वटा टेस्टमा कप्तानको भूमिकासमेत निर्वाह गरेका थिए । टेस्ट क्रिकेटमा उनले ४५.०३ को औसतमा कुल ६ हजार दुई सय १५ रन बनाएका थिए । यसैगरी उनले देशका लागि तीन सय ३४ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै ३६.९२ को औसतमा कुल नौ हजार तीन सय ७८ रन बनाएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.