प्रदेश ३ का मुख्यमन्त्री भन्छन् : हेटौँडा नै स्थायी राजधानी

प्रदेश ३ का मुख्यमन्त्री भन्छन् : हेटौँडा नै स्थायी राजधानी

हेटौँडा : उद्योग वाणिज्य सङ्घ मकवानपुरले हेटौँडालाई प्रदेश नं ३ को राजधानी बनाउन माग गरेको छ । हेटौँडालाई स्थायी राजधानी कायम गराउन हेटौँडाका उद्योगी व्यवसायी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, बुद्धिजीवी तथा सञ्चारकर्मीसँग बेग्लाबेग्लै र सामूहिक रूपमा छलफलसमेत भएको छ । 

हेटौँडा औद्योगिक, व्यापारिक, प्रशासनिक र राजनीतिकका साथै भौगोलिक वातावरणले राजधानीको लागि उपयुक्त रहेको छलफलमा सहभागीहरूले जोड दिएका छन् । हेटौँडा प्रदेश नं ३ को मुख्य नाकासमेत रहेको छ । 

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडालाई स्थायी राजधानी बनाउनुपर्ने बताएका छन् । उनले हेटौँडा सबै दृष्टिकोणले स्थायी राजधानीका लागि उपयुक्त भएकाले सबैको सहयोग आवश्यक रहेको बताए । 

प्राध्यापक रामविलाश यादवले हेटौँडा प्रदेश नं ३ को नाका भएकाले प्रदेशको लागि उपयुक्त भएको धारणा राखे । व्यवसायी रामप्रसाद घिमिरेले हेटौँडा प्रदेशको राजधानी भएमा यस क्षेत्रको थप विकास हुने बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.