तिहारमा स्वास्थ्य सजगता

तिहारमा स्वास्थ्य सजगता

भैलो गाउने, देउसी खेल्ने चलनका कारण दशै“भन्दा तिहार रमाइलो चाड मानिन्छ। तर, केही वर्षदेखि तिहारमा पटका पड्काउने, भुइँचम्पा बाल्ने, बारुद पड्काउने, गमला बाल्ने, रकेट छोड्ने, चक्कर घुमाउने चलन बढेको छ। यस कार्यलाई अवैध घोषणा गरिए पनि पटका, बारुदको बिक्री–वितरण जारी नै छ।

यस्तो आतसबाजी तथा पटकाले आँखाको दृष्टि गुम्न, कानको जाली फुट्न तथा शरीरका विभिन्न भागमा पोल्न सक्छ। यी स्वास्थ्यमा प्रत्यक्ष पर्न सक्ने असर भए पनि रक्तचाप बढ्ने, एलर्जी हुने, टाउको दुख्ने, ब्रोङ्काइटिस बल्झिने, दम बढ्ने, खोकी लाग्ने पनि हुन सक्छ।

त्यसैले बालबालिका एक्लैलाई पटका, बारुद, भूइँचम्पा, गमला आदि प्रयोग गर्न दिनु हुँदैन। त्यसको लागि आवश्यक पर्ने सलाई, लाइटरजस्ता वस्तु प्रयोग तिनीहरुलाई गर्न दिनु हुँदैन। यदि यस्तो खालको मनोरञ्जन गर्नै परे, अभिभावकको निगरानीमा सीमित मात्रामा गर्न दिनुपर्छ। 

आतसबाजी गर्ने तथा पटका पड्काउने कार्य खुल्ला ठाउँमा गर्नुपर्छ। वरिपरि पेट्रोल, मट्टितेल, कुकिङ ग्यासजस्ता कुनै किसिमको प्रज्वलनशील पदार्थ हुनु हुँदैन। विशेषतः बालबालिकासँग बढी आवाज आउने आलु बमजस्ता पटका पड्काउनु हुँदैन।

कुनै कारणवश पटका वा अन्य स–साना बारुद पड्केन भने नजिक गएर हेर्ने, फेरि बाल्न खोज्ने गर्नु हुँदैन। हातमै पटका पड्काउने, एकै पटक धेरै पड्काउने पनि गर्नु हुँदैन। पटका पड्काउँदा आँखामा कुनै कण पसेको शंका लागेमा सफा तथा चिसो पानीले आँखा धुनुपर्छ। 

मिसावट
चाडपर्व आउनेबित्तिकै व्यापारीहरुले अनुचित फाइदा उठाउन खाद्य पदार्थमा अखाद्य वस्तु मिसावट गरी बिक्री–वितरण गर्छन्। 

केमा के मिसाइन्छ ? 

खाद्यवस्तुमा के मिसाइएको छ, थाहा पाउन सकिन्छ। केही खाद्यवस्तुमा मिसावट भए/नभएको यसरी थाहा पाउन सकिन्छः 
–खुवामा पिठो मिसाएको छ भने त्यसलाई पानीमा मिसाई उमालेर आयोडिन राख्दा नीलो देखिन्छ।
–मख्खन वा घ्यूमा पिठो मिसाइएको छ भने हाइड्रोक्लोरिक अम्ल एवं चिनी हाल्दा रातो देखिन्छ।   
–हरिया तरकारी ( परबर, खुर्सानी, सागपात, लौका) आदिमा हरियो रङ मिसाइएको छ भने हरियो तरकारीको नमुना ब्लटिङ पेपरमा राख्दा रङ देखिन्छ। 
–चना वा रहरको दालमा खेसरीको दाल एवं मेटानिल (पहेँलो रङ) मिसाइएको छ भने पानी र हाइड्रोक्लोरिक अम्ल हालेर घोल्दा गाढा रातो देखिन्छ। 
– मिठाई वा पानको बाह्य सतहमा राखिने चाँदीको बराकमा आल्मुनियम मिसाइएको छ भने बराक डढाउँदा गाढा खैरो रङको अवशेष बाँकी हुन्छ।

मिसावटको असर

कुनै अखाद्य वस्तु वा मिसावटपूर्ण खानाको कारण तुरुन्तै वाकवाकी लाग्ने, बान्ता आउने, पेट दुख्ने, झाडापखाला लाग्ने, रगतमासी पर्ने, जन्डिस हुने, पिसाब पोल्ने, आँखा धमिलो हुने, टाउको दुख्ने, निद्रा नलाग्ने, आलस्य हुने, बेहोस हुनेजस्ता समस्या आउन सक्छन्।

त्यसै गरी, कालान्तरमा विभिन्न शारीरिक अंगमा ट्युमर  पलाउने, अन्धोपन हुने, पक्षघात हुने सम्भावना पनि रहन्छ। यी मिसावटको पाचनका क्रममा वा शरीरबाट निष्कासनका क्रममा कलेजो र मिर्गौलालाई असर गर्न सक्ने जोखिम हुन्छ।

पहिलेदेखि शारीरिक अवस्था कमजोर भएका, बालबालिका तथा वृद्धका लागि यस्ता खाद्य वस्तु प्राणघातक हुन सक्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.