जुम्लामा दुर्घटनामा परेको ताराको जहाजले पाँच महिनापछि उडान थाल्यो

जुम्लामा दुर्घटनामा परेको ताराको जहाजले पाँच महिनापछि उडान थाल्यो

जुम्ला : दुर्घटनामा परेर क्षतिग्रस्त तारा एयरको एउटा जहाजले मर्मत गरेर करिब पाँच महिनापछि उडान भरेको छ । 

गत जेठ २६ गते जुम्ला विमानस्थलमा अवतरणका क्रममा टायर पञ्चर भएर तारा एयरको जहाज दुर्घटना भएको थियो । आवश्यक मर्मतपछि सो जहाज बिहीबार काठमाडौँका लागि उडान भरेको छ । 

तारा एयरलाइन्सको ९ एन एइभी कलसाइन भएको जहाज दुर्घटना भएपछि जुम्ला विमानस्थलमा पार्किङ गरेर राखिएको थियो । 

नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख कैलाश शर्माले विमानस्थलको धावन मार्गमा परीक्षण गरेपछि काठमाडौँका लागि जहाजले उडान गरेको बताएका छन् । 

'जहाजलाई क्याप्टेन प्रभाकर घिमिरे र अर्का क्याप्टेन आइआर जोशीले उडान गरेका छन्,' उनले भनेका छन् । एक महिनादेखि क्यानडा र स्विट्जरल्याण्डका प्राविधिक जुम्लामै आएर जहाजको मर्मत गरेका थिए । 

'जहाज उडाउनुभन्दा अघि त्यसको अवस्थाको परीक्षण भएको थियो', शर्माले भने,'इन्जिनियर र क्याप्टेनको टोलीले जहाज उडान भर्न योग्य देखेपछि काठमाडौँका लागि उडान गरिएको हो ।' 

गत जेठ २६ गते क्याप्टेन जेके निरौला र कोपाइलट हिम्मत रोकायाले उडाएको जहाज जुम्ला विमानस्थलमा अवतरण गराउँदा टायर पञ्चर भएपछि दुर्घटना भएको थियो । रासस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.