तारा एयरको विमान दुर्घटना, सात घाइते, दुई गम्भीर (अपडेट)

तारा एयरको विमान दुर्घटना, सात घाइते, दुई गम्भीर (अपडेट)

सिमकोट : हुम्लाको सिमीकोट विमानस्थलमा तारा एयरसको विमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित सातजना घाइते भएका छन्। सिमीकोटबाट सुर्खेतका लागि उडान भरेको ९ एनएबिएम कल साइनको विमान दुर्घटनामा निर्वाचनमा खटिएका प्रहरी सहायक निरीक्षक चित्रबहादु विष्टको अवस्था गम्भीर छ। दुर्घटना हुने बित्तिकै जिल्ला अस्पताल हुम्लामा पुर्‍याइएका विष्टलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको छ।

दुर्घटनामा सामान्य घाइते भएका क्याप्टेन वसन्त लामा, को–पाइलट अमित गुरुङ्ग विमान परिचालिका श्रेया श्रेष्ठ, अर्का प्रहरी सहायक निरीक्षक किशोर ऐडी, प्रहरी जवान यमप्रसाद दाहाल, हस्तबहादुर सिंहलाई तारा एयरको अर्को विमानबाट नेपालगञ्ज लगिएको प्रहरी प्रमुख डीएसपी कमलप्रसाद नेपालले बताए।

मंगलबार बिहान ११ बजेतिर सिमकोटदेखि निर्वाचनमा खटिएका सुरक्षाकर्मी बोकेर सुर्खेत उडान भर्ने क्रममा अचानक टायर पम्चर भएपछि विमान दुर्घटना भएको सिमीकोट विमानस्थल प्रमुख भिमदत्त पन्तले जानकारी दिए।

धावनमार्ग छोड्ने क्रममा इन्जिनमा खराबी आएपछि विमानस्थलको दक्षिण तर्फ १ सय २० मिटर पर पुगेको थियो। विमान दुर्घटना हुँदा अघिल्लो भाग क्षतिग्रस्त भएको छ। १३ सुरक्षाकर्मी र तीन चालक दलका सदस्यसहित १६ जना चढेको उत्त विमानमा सवार अन्य यात्रुको अवस्था सामान्य छ। विमान दुर्घटनाको खास कारणको अनुसन्धान भइराखेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.