यात्रुसहित गाडी कर्णालीमा बेपत्ता

यात्रुसहित गाडी कर्णालीमा बेपत्ता
सुन्नुहोस्

दैलेख : सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली नदीमा बेपत्ता भएको छ। बिहान ११ः३० बजे दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, कर्णाली राजमार्गअन्तर्गत साङ्गेतडामा सडकबाट करिब चार सय मिटर तल खसेको गाडी बिहीबार साँझ ९ बजेसम्म पनि भेटिएको छैन।

स्थानीय सुरक्षा निकायहरूले बिहानैदेखि खोजी कार्य गरिरहेको भए पनि नदीको बहाव बढेको र खोला धमिलो भएका कारण खोजी कार्यमा कठिनाइ उत्पन्न भएको छ। दुर्घटनामा परी भिरमा अल्झिएका कालीकोटका एक जनाको उद्धार गरिएको र दुल्लु अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको दैलेख प्रहरीले जानकारी दिएको छ।

कर्णाली नदीमा खसेको गाडी र यात्रुको खोजीका लागि सुर्खेतबाट सशस्त्र प्रहरी बलको गोताखोर टोली दुर्घटनास्थलमा पुगेको दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारुले जानकारी दिए। नदीको बहाव धेरै भएको र दुर्घटना भएको स्थान निकै अप्ठ्यारो भिर भएकाले उद्धारमा चुनौती थपिएको प्रमुख जिल्ला अधिकारी सारुले जानकारी दिए।

 जिल्ला प्रहरी कार्यालय दैलेख, सशस्त्र प्रहरी दैलेखको टोली र माथिल्लो कर्णाली सुरक्षा बेसक्याम्पको टोलीसहित सुरक्षा निकायको टोली उद्धारमा खटिरहेको भए पनि नदी किनारको खोच र भिरबाट गाडी दुर्घटना भएकाले समस्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए। 

‘कर्णाली नदीमा खसेर बेपत्ता भएको खबर पाउनेबित्तिकै जिल्लाको सुरक्षा टोली परिचालन गरिएको थियो, नदीको बहाव धेरै भएको र पूरै धमिलो भएकाले समस्या छ,’ विकले भने।

दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले सरकारले हेलिकप्टर प्रयोग गरेर खोज तथा उद्धार कार्य प्रभावकारी बनाउन आग्रह गर्दै विज्ञप्ति जारी गरेको छ। स्थानीय नागरिकहरूले समेत संघीय सरकारले खोज तथा उद्धार कार्यका लागि प्रभावकारिता बढाउनुपर्ने माग गरेका छन्। उद्धार सामग्रीसहित ३५ जना प्रहरी र अन्य सुरक्षा टोली तथा गोताखोर टोलीले संयुक्त रूपमा खोजी कार्यलाई अगाडि बढाएको छ।

सुर्खेत बसपार्कबाट बिहीबार बिहान ८ बजे गाडी छुट्ने बेलामा पाँच जनाको मात्र चलानी बुझेर हिँडेको भनिए पनि बीच बाटोमा कति यात्रुहरू चढे भन्ने कुरा अहिलेसम्म यकिन हुन सकेको छैन। सुरक्षा निकायका विभिन्न स्थानहरूबाट विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.