सर्लाहीमा ३ क्विन्टलभन्दा बढी गाँजा बरामद

सर्लाहीमा ३ क्विन्टलभन्दा बढी गाँजा बरामद

मलङ्गवा : सर्लाहीको बलरा नगरपालिका-७ बाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। स्थानीय भोला सिंहको कुखुरा फर्ममा पिकअपबाट अनलोड हुँदै गरेको अवस्थामा प्रहरीले ३ सय ३० किलो लागुऔषध गाँजा र १३ क्विन्टल अदुवा बरामद गरेको हो। 

बा प्र ०१-०२६ च २८८६ को पिकअपमा राखिएको गाँजा अनलोड भइरहेको सूचना आएपछि प्रहरी फर्ममा पुगेका थिए। चेकजाँच गर्दा २६ बोरामा अदुवा र १९ पोकामा गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरीले गाँजासहित सोही स्थानका २८ वर्षीय अमरजित राउतलाई पक्राउ गरिएको छ। केही दिनअघि सर्लाहीको कौडेना गाउँपालिकाबाट ४ क्विन्टलभन्दा बढी गाँजा बरामद गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.