अहिलेको सरकार भारत र अमेरिकाको प्रभावमा बनेको हो : बिजुक्छे
भक्तपुर : नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छेले वर्तमान सरकार भारत र अमेरिकी सरकारले बनाएको आरोप लगाएका छन्। निओ फ्युजन स्कुल अफ कम्प्युटरको २१ औँ वार्षिक उत्सवको शनिबार भक्तपुरमा उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेले अहिलेको सरकार भारत र अमेरिकी सरकारको प्रभावमा बनेको दाबी गरे।
उनले वर्तमान मन्त्रिपरिषदका सदस्यहरूलाई राज्य सञ्चालन, नीति निर्माण र संसदीय अभ्यासबारे पर्याप्त ज्ञान नभएको टिप्पणी पनि गरे। के बोल्ने र के नबोल्ने भन्ने विषयमा समेत उनीहरू अनभिज्ञ रहेको उनको आरोप छ।
बिजुक्छेले सरकारको आलोचना लोकतान्त्रिक अभ्यासको अभिन्न पक्ष भएको उल्लेख गर्दै सरकार आवश्यक भए पनि गलत कामको विरोध गर्नुपर्ने धारणा राखे। उनले सरकार सञ्चालन र बजेट व्यवस्थापन गम्भीर विषय भएको उल्लेख गर्दै बजेटमा मनपरी ढंगले हेरफेर गर्न नहुने बताए।
प्रतिक्रिया दिनुहोस !