ट्याक्सी र जीप ठोक्किँदा तीन जनाको मृत्यु, दुई घाइते

ट्याक्सी र जीप ठोक्किँदा तीन जनाको मृत्यु, दुई घाइते

सिमरा : बाराको निजगढमा ट्याक्सी र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। दुर्घटनामा भक्तपुरका २८ वर्षका ट्याक्सीका चालक समुन्द्र श्रेष्ठसहित निजगढ नगरपालिका ७ का २५ वर्षका आकाश माझी, सोही ठाउँका २५ वर्षका विशाल माझीको मृत्यु भएको हाे। मृतक सबै टयाक्सीमा सवार रहेका थिए।

आकाश र विशालको निजगढस्थित स्वास्थ्य केन्द्र र चालक समुन्द्रको हेटौडास्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। दुर्घटनामा २८ वर्ष नरेश माझी र २१ वर्षका अर्जुन माझी घाइते भएका छन्। घाइतेमध्ये नरेशको अवस्था गम्भीर रहेको र उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ। 

पूर्वपश्चिम राजमार्गअन्तर्गत निजगढ नगरपालिका ९ स्थित भमरा पुल नजिक शुक्रबार राती १ बजे ग २ च २३२५ नम्बरको ट्याक्सी र बा २ ज २११७ नम्बरको जीप एकआपसमा ठोक्किएको थियाे। निजगढस्थित माझी टोलबाट रौतहटको सिमरी पुगेर फर्किएको ट्याक्सी र चितवनबाट तरकारी बोकेर लालबन्दीतर्फ जादै गरेको बलेरो पिकअप जीप राजमार्गमा ठोक्किएको थियो।

ग्रामीण बाटो हुदै राजमार्ग निस्किन लागेको ट्याक्सीले गति नियन्त्रण गर्न नसक्दा राजमार्गमा गुडिरहेको जीपसँग ठोक्किन पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास बमले जानकारी दिए। दुर्घटनापछि बाेलेरो जीपका चालक फरार छन्। दुर्घटनालगत्तै ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विक्रम लामाको नेतृत्वमा पुगेको प्रहरी टोलीले घाइतेको उद्धार गरी अस्पताल पुर्याएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.