रुखबाट लडेर पाल्पामा महिलाको मृत्यु
तानसेन : पाल्पाको रम्भा गाउँपालिका-५ ढाकरडाँडामा काब्रोको रुखबाट लडेर महिलाको मृत्यु भएको छ। शुक्रबार बिहान आफ्नै बारीमा काब्रोको रुखमा चढेर घाँस काट्ने क्रममा ३१ वर्षीया मीना कुमारी लामिछाने मगरको लडेर मृत्यु भएको हो।
रुखमा चढेर घाँस काट्दै गर्दा लडेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !