अनधिकृत रूपमा नेपाल प्रवेश गर्न लागेका बंगलादेशी नागरिक सीमामा पक्राउ

अनधिकृत रूपमा नेपाल प्रवेश गर्न लागेका बंगलादेशी नागरिक सीमामा पक्राउ
सुन्नुहोस्

झापा : झापाको काँकडभिट्टा सीमा क्षेत्रबाट एक बंगलादेशी नागरिक पक्राउ परेका छन्। आज दिउँसो १२:४५ बजे मेचीनगर नगरपालिका-६ स्थित गैरीगाउँमा भारत पानीट्यांकीबाट मेची खोलाको बाटो हुँदै नेपालतर्फ अनधिकृत रूपमा प्रवेश गर्दै गरेको अवस्थामा बंगलादेशी नागरिक पक्राउ परेका हुन्।

बंगलादेशको राहदानी बोकेका तुलाटोली कचुआ मनोहरपुर –३६३० चाँदपुर बस्ने ३३ वर्षीय मोहम्मद सैफुल इस्लाम पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। ती बंगलादेशी नागरिक इस्लामलाई आवश्यक कारबाहीको लागि बसमार्फत अध्यागमन विभाग काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

भारतको पश्चिम बंगालमा भाजपा सरकार बनेपछि त्यहाँ लुकीछिपी बस्दै आएका बंगलादेशी र रोहिंगिया नागरिकमाथि कडाइ गरेपछि उनीहरू खुला सीमाको फाइदा उठाउँदै नेपाल प्रवेश गर्न खोजिरहेका छन्। यता झापा प्रहरी प्रशासनले पनि बंगलादेशी र रोहिंगिया प्रवेश गर्न नदिन सीमा क्षेत्रमा उच्च निगरानी बढाएको जनाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.