इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, अब सबै पदमा उम्मेदवार हुन पाइने

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, अब सबै पदमा उम्मेदवार हुन पाइने
सुन्नुहोस्

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २४ औ वार्षिक साधारण सभा एवं आठौं अधिवेशनबाट मोहन डाँगीको नेतृत्वमा २५ नयाँ कार्य समिति चयन भएको छ। 

शनिबार बिहान सम्पन्न अधिवेशनले २७ सदस्यीय कार्यसमितिमध्ये डाँगी नेतृत्वमा कोषाध्यक्षबाहेक सर्वसहमतिमा २५ कार्य समिति चयन भएको हो। नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उत्तम ब्लोन लामा तथा उपाध्यक्षहरूमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य र हिमप्रसाद पाठक निर्वाचित भएका छन्। 

वार्षिक साधारणसभाबाट पारित नयाँ संशोधित विधानअनुसार उपाध्यक्षमा बलराम खतिवडा र प्रकाशचन्द्र दुलाललाई थप गरी ७ उपाध्यक्ष पुर्‍याइएको छ। यसैगरी महासचिवमा टीएन आचार्य, उपमहासचिवमा कविता पोखरेल तथा सचिवहरूमा सचिवहरूमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, , कुवेरमणि नेपाल, विजयमोहन भट्टराई  र सुमनकुमारी जोशी निर्वाचित भएका छन्। नयाँ संशोधित विधानअनुसार सचिवमा कृष्ण घिमिरे र दीपक पोडेललाई थप गरी सात सचिव पु‍र्‍याइएको छ। 

यसैगरी कोषाध्यक्षमा शंकर बस्याल निर्वाचित  भएका छन् भने सदस्यहरूमा अनुप आचार्य, कदम केसी, जगदीश सिवाकोटी, जगतबहादुर पोखरेल, ज्योति गैरे, नारायण कँडेल, प्रतिमा ज्ञवाली, मिलन खड्का, संगीता धमला र वर्णन लामिछाने निर्वाचित भएका छन्।

संशोधन विधान जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत भएपछि लागू हुनेगरी स्थायी आमन्त्रित सदस्यका रूपमा इन्दिरा पन्त, नारायण खनाल, बाबुराम थापा, सन्तोष नेपाल र सोमनाथ कँडेललाई प्रस्ताव गरिएको छ। इप्पानका अध्यक्ष गणेश कार्कीले इप्पानभित्र सबै अटाएर सर्वसहमत रूपमा अघि बढ्ने गरी नयाँ विधानको संशोधन गरी सहमतिका आधारमा दुई उपाध्यक्ष, दुई सचिव र पाँच स्थायी आमन्त्रित सदस्यलाई मनोनयन गर्ने सहमति भएको जानकारी दिए ।

इप्पानले वार्षिक साधारणसभाबाट वरिष्ठ अध्यक्ष हुने इप्पानको विधान २०७८ लाई संशोधन गरी सबै पदहरूमा चुनाव गराउने गरी व्यवस्था गरेको छ। तर, अध्यक्षको हकमा एक कार्यकालमा कार्य समितिमा रहिसकेको हुनुपर्ने व्यवस्था गरिएको छ। यसैगरी विधानमा संशोधन गरी ५ उपाध्यक्षलाई ७ पुर्‍याउने, ५ सचिवलाई ७ पुर्‍याउने र स्थायी आमन्त्रित सदस्यका रूपमा ५ जनालाई मनोनयन गर्ने व्यवस्था गरिएको छ। यो विधान जिल्ला प्रशासन कार्यालयबाट स्वीकृत भएपछि पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ। 

इप्पानका अध्यक्ष कार्कीले इप्पानलाई बढी समावेशी र लोकतान्त्रिक अभ्यास गर्ने थलोका रूपमा विकास गर्ने गरी विधान संशोधन गरिएको र पारित भएको जानकारी दिए। इप्पानको अध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुन कुनै राजनीतिक दलमा आबद्ध हुनु नहुने र कुनै समय भएमा त्यागेको प्रमाण पेश गर्नुपर्ने पनि संशोधित विधानमा उल्लेख छ।

यस्तो छ कार्यसमिति
अध्यक्ष मोहनकुमार डाँगी
वरिष्ठ उपाध्यक्ष : उत्तम ब्लोन लामा
उपाध्यक्षहरू
उत्तरकुमार श्रेष्ठ
नरेन्द्र बल्लभ पन्त
विक्रम विष्ट
सुसन कर्माचार्य 
हिमप्रसाद पाठक
महासचिव : टेकनाथ आचार्य (टीएन आचार्य) 
उपमहासचिव : कविता पोख्रेल 
सचिवहरुमा 
अभिज्ञा मल्ल
ईशा श्रेष्ठ
कुवेरमणि नेपाल
विजयमोहन भट्टराई 
सुमनकुमारी जोशी 
कृष्ण घिमिरे
दीपक पोडेल
कोषाध्यक्ष 
शंकर बस्याल 
सदस्यहरुमा 
अनुप आचार्य
कदम केसी
जगदिश सिवाकोटी
जगतबहादुर पोखरेल
ज्योति गैरे
नारायण कँडेल
प्रतिमा ज्ञवाली 
मिलन खड्का 
संगीता धमला 
वर्णन लामिछाने 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.