उदयपुरमा आगलागी, करिब २२ लाखको क्षति

उदयपुरमा आगलागी, करिब २२ लाखको क्षति

गाईघाट : उदयपुरको चौदण्डीगढी नगरपालिका- ६ बेल्टारबजारमा आइतबार दिउँसो आगलागी भएको छ।आगलागीबाट करिब २२ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

स्थानीय सुवास राइको घरमा आगलागी हुँदा घर गोठ जलेर पूर्णरुपमा नष्ट भएको हो। आगलागीबाट राईको काठको दुई तले घर र सँगै जोडिएको गोठ, लत्ताकपडा, धनमाला जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक गंगाप्रसाद पौडेलले बताए।

मध्यान्नबाट सुरु भएको आगो त्रियुगा र चौडण्डिगढी नगरपालिकाको दमकल, स्थानीयबासी, प्रहरीको सहयोगमा दुई घण्टापछि नियन्त्रणमा आएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.