१३ वर्षीया बालिकाको बलात्कारपछि हत्या ?

१३ वर्षीया बालिकाको बलात्कारपछि हत्या ?

गाईघाट :  कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया बालिका हत्याको घटनाका मुख्य आरोपितहरू सार्वजनिक गर्न माग गर्दै परिवारजन धर्नामा बसिरहेका बेला उदयपुरमा पनि त्यस्तै प्रकृतिको घटना भएको छ । 

जिल्लाको विकट पहाडी क्षेत्र रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका आइतबार मुखमा नेप्किन (हात पुछ्ने कागज) खाँदेको र कुर्ता सुरुवाल खोलेको अवस्था मृत फेला परेकी छन् । 

शनिवार दिउँसो घरबाट बाख्रा चराउन हिँडेकी स्थानीय दुर्गाबहादुर खड्काकी छोरी एल्जिना आइतबार लाफागाउँको अमला भन्ने ठाउँमा मृत अवस्थामा फेला परेकी हुन् ।

साँझसम्म घर नफर्केपछि स्थानीयले खोजतलास गर्ने क्रममा आइतबार दिउँसो २ बजे बालिकाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चन्द्रदेव राईले जानकारी दिए । 

स्थानीयले बलात्कारपछि हत्या भएको हुन सक्ने भन्दै खबर गरेपछि जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) अर्जुन रानाभाटको नेतृत्वमा टोली घटनास्थलतर्फ पठाइएको एसपी राईले जानकारी दिए । 

टोली आइतबार बेलुका या सोमबार बिहानसम्म घटनास्थलमा पुगिसक्ने भएकाले त्यसपछि मात्र विस्तृत विवरण आउने एसपी राईले बताए । घटनास्थल सदरमुकाम गाईघाटबाट करिब ७५ किलोमिटर उत्तर विकट क्षेत्रमा पर्दछ । 

बलात्कारपछि हत्या नै हो भन्ने यकिन गर्न प्रहरी घटनास्थलमा पुगिन सके पनि स्थानीयको भनाइलाई उद्धृत गर्दै प्रहरीले त्यही प्रकृतिको अंशका गरेको छ । 

प्रहरीले मृतकको शव कसैलाई नछुन भनेपछि वडाध्यक्ष दुर्गाराज खड्कासहितको टोलीले कुरेर बसेको छ । मृतक बालिका वडाध्यक्ष खड्काकी भतिजी हुन् । खड्काले बलात्कारपछिको हत्या भएको दाबी गरेका छन् । 

बलात्कारपछि हत्या भएको खबर पाए लगत्तै रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्कासहित गाउँपालिकाको केन्द्र भुट्टारस्थित प्रहरी टोली घटनास्थलतर्पm हिँडेको बताइएको छ । घटनाको यथार्थ विवरण ल्याउन र अपराधीलाई नियन्त्रणमा लिन प्रहरीले आफू मातहतका टोली परिचालन गरी नाकामा कडाइ गरेको जनाएको छ ।

यस्तो छ घटना

मृतकका बुवा दुर्गाबहादुर केही दिनअघि मोटरसाइकल दुर्घटनामा परी त्रियुगा नगरपालिका–७ चुहाडेस्थित घरमा आराम गरेर बसिरहेका थिए । भाइटीका लगाइदिन लाफागाउँमै रहेको माइती घर सानो नानीसहित गएकी आमा पुनम फर्केकी थिइनन् । 

बुवा आमा घरमा नभएपछि जनता मावि लाफागाउँ कक्षा–९ मा पढ्दै गरेकी १३ वर्षीया एल्जिना शनिवार दिउँसो २ बजे बाख्रा लिएर गाउँ नजिकैको खरबारीमा चराउँदै थिइन् । कक्षा १० मा पढ्दै गरेकी जेठी दिदी र कक्षा ९ मा पढ्ने भाइ भैँसी र घरको अरू काम गर्ने बताएपछि माहिली छोरी एल्जिना बाख्रा लिएर जङ्गल गएकी थिइन् । 

गाउँपालिकाको केन्द्र भुट्टार जाने सडक छेउको खर बारी भएकाले कसैले चासो दिएनन् । सडकबाट १५० मिटर पर रहेको त्यही खरबारीस्थित सालको रुखमुनि उनी मृत फेला परिन् । 

‘कतै लडेर घाइते भई जस्तो लागेको थियो, तर त्यसो नभई बलात्कार गरेर मारिएको अवस्थामा फेला परी’, उनले भने, ‘रातभर टाढा–टाढासम्म पुगेर खोजियो, कतै फेला नपरेको अवस्थामा गाउँनजिकै शव फेला पा¥यौँ । मलाई १÷२ जनासँग शङ्का छ, सायद उनीहरूले नै बलात्कार गरेर मारेको हुनु पर्दछ, त्यो नाम प्रहरीलाई भन्छु ।’  

उनका अनुसार बालिका खरबारीस्थित सखुवाको रुखमुनि मुखमा हात पुछ्ने कागज खाँदिएको अवस्थामा भेटिएका हुन् । ‘घाँटीमा नङ्ग्राइएको छ, छाला कोतरेको छ, कुर्था सुरुवाल खोलिएको छ, बलात्कारपछि हत्या नभए के हुन सक्छ ?’, उनले भने । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.