होटल कर्मचारीलाई बन्धक बनाएर कुटपिट : संचालकले थुकेर चाट्न लगाए !

होटल कर्मचारीलाई बन्धक बनाएर कुटपिट : संचालकले थुकेर चाट्न लगाए !

 विराटनगर : विराटनगर महानगर ११ स्थित होटेल एभरेष्ट इनका संचालक अर्जुन साहले होटलमा काम गर्ने कर्मचारीलाई बन्धक बनाएर कुटपिट गर्दै दुर्व्यवहार गरेका छन्।

 
आइतबार बिहान खोटाङको रावाबेँसी गाउँपालिका ३ घर भएका २३ वर्षीय उत्तम श्रेष्ठमाथि कुटपिट गरिएको प्रहरीले जानकारी दिएको छ। श्रेष्ठ मासिक आठ हजार रुपैयाँ तलब लिएर होटलको सोधपुछ कक्षमा पाँच महिनादेखि कार्यरत छन्। साहले श्रेष्ठलाई केही दिनदेखि विभिन्न किसिमले यातनासमेत दिंदै आएको खुलेको प्रहरीले जनाएको छ।
 
मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले कामदार कर्मचारीलाई होटेलको हल भित्र बन्धक बनाएर कुटपिट गर्ने होटल संचालक साहलाई पक्राउ गरेको जानकारी दिए। साहलाई होटलका कामदारलाई दुर्व्यवहर गरेको घटनामा यसअघि पनि प्रहरीले पक्राउ गरेको थियो। विभिन्न दबाबका भरमा बिना कारबाही उनलाई प्रहरीले छोडेको थियो। 

आइतबार बिहान आफ्नो तलबबाट कट्टा हुने गरी भौचर भरेर होटेलबाट तीन हजार आठ सय रुपैयाँ लिएर गएको विषयमा कामदार श्रेष्ठलाई बन्धक बनाएर कुटपिट गरिएको हो। डीएसपी श्रेष्ठले कामदारलाई होटलको हल भित्र थुनेर साहले थुक्न लगाएर आफ्नै थुक चाट्नसमेत लगाएको बताए। 

‘हल भित्र बन्धक बनाएर कुटपिट गरिएछ,’ उनले भने, ‘भूइँमा थुक्न लगाएर आफ्नै थुक पटकपटक चाट्नसमेत लगाएको पाइयो।’  कुटपिटबाट उनको शरीरका विभिन्न भागमा चोट लागेको छ। होटलमा काम गर्दै आएका श्रेष्ठ त्यहाँबाट भागेर जिल्ला प्रहरी कार्यालय पुगेका थिए। 

‘पैसा चोरेको आरोप लगाउँदै ममाथि कुटपिट भयो,’ उनले भने, ‘एक महिना भित्रमा ५० हजार रुपैयाँ तिर्नु पर्ने भन्दै जबरजस्ती कागजसमेत गराइएको छ।’ होटलका अन्य कामदारलाई अगाडि राखेर दुई लाख रुपैयाँ चोरेको आरोप लगाउँदै आफूमाथि कुटपिट र अमानवीय कार्य गरिएको उनको गुनासो छ। 

होटेलमा १५ जना कामदार कार्यरत छन्। अन्य कामदारले पनि काम गरे बापत मासिक रुपमा दिनु पर्ने तलब समयमा नदिने, कामदारलाई विभिन्न यातना दिने, ग्राहकका लागि यौनकर्मी खोज्न दबाब दिनेलगायत काम साहले गर्दै आएको जानकारी प्रहरीलाई दिएका छन्। 

पीडित श्रेष्ठले पनि भारतीय ग्राहकका लागि आफूले यौनकर्मी बोलाउन नसकेको रिस पैसा चोरीको आरोप लगाएर पोख्न खोजिएको बताएका छन्। 

डीएसपी श्रेष्ठले उजूरीका आधारमा साहमाथि अनुसन्धान भइरहेको जानकारी दिए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.