बालिका बलात्कारपछि हत्याको आशंकामा तालिम प्राप्त कुकुर परिचालन

बालिका बलात्कारपछि हत्याको आशंकामा तालिम प्राप्त कुकुर परिचालन

 गाईघाट : उदयपुरको रौतामाई गाउँपालिका ३ लाफागाउँमा १३ वर्षीया बालिका एल्जिना खड्का मृत फेला परेपछि घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ। बालिका बलात्कारपछि हत्या भएको हुन सक्ने आशंकामा प्रहरीले तालिम प्राप्त कुकुरसहित अनुसन्धान अधिकृत जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन रानाभाटको नेतृत्वमा टोली परिचालन गरेको हो ।

डीएसपी रानाभाटको टोली आइतबार मध्यरातमा घटनास्थलमा पुगेको र धरानबाट तालिम प्राप्त कुकुरसहितको टोली झिकाउँदा ढिला भएकाले आइतबार राति २ बजे सदरमुकाम गाईघाटबाट पठाइएको प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले जानकारी दिए । राईले भने, ‘डीएसपीको टोलीले अनुसन्धान सुरु गरेको छ, थप मद्दतका लागि गएको तालिम प्राप्त कुकुर १० बजेसम्म पुगिसक्नेछ ।'

प्रहरीले घटनालाई गम्भीरताका साथ लिएर  सुक्ष्म ढंगले अध्ययन सुरु गरेको एसपी राईले बताए । घटना शंकास्पद भएकै कारण तालिम प्राप्त कुकुर परिचालन गरिएको राईले जानकारी दिए। शनिबार दिउँसो घरबाट बाख्रा चराउन हिडेकी स्थानीय दुर्गाबहादुर खड्काकी छोरी आइतबार लाफागाउँको अमला भन्ने ठाउँमा मृत अवस्थामा फेला परेकी थिइन् । साँझसम्म बालिका घर नफर्केपछि स्थानीयले खोजतलास गर्ने क्रममा आइतबार दिउँसो २ बजे बालिकाको शव फेला पारेको एसपी राईले जानकारी दिए। 

घटनास्थल सदरमुकाम गाईघाटबाट करिब ७५ किलोमिटर उत्तरी विकट क्षेत्रमा पर्दछ। चप्पलभन्दा करिब १ सय मिटरमाथि सालको रुखमुनि शव रहेकाले हत्या नै गरेको हुन सक्ने प्रहरीको पनि दावी छ । बलात्कारपछि घटना सार्वजनिक हुने डरले बालिकालाई मारेको हुन सक्ने अनुमान गरिएकाे छ । खड्काका आफन्तले प्रहरीलाई दिएको स्रोतअनुसार केहि व्यक्तिमाथि आंशका गरी अनुसन्धान सुरु गरेको छ। 

खरबारीको सालको रुखमुनि फेला परेको बालिकाको मुखमा नेप्किन (हात पुछ्ने कागज) हालेर बोल्न बन्द गरिएको र नङ्ग्रायाएको देखिएको घटनास्थल पुगेका रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले जानकारी दिए । ‘घाँटीमा नङ्ग्राइएको छ, छाला कोतरेको छ, कुर्था सुरुवाल खोलिएको छ’, उनले भने। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.