सुजाता निवासमा पौडेल–कोइराला समूहको ‘गुट भेला’

सुजाता निवासमा पौडेल–कोइराला समूहको ‘गुट भेला’

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बसेको एक हप्तापछि नै रामचन्द्र पौडेलसहित नेतृत्वसँग असन्तुष्ट नेताहरु भेला भएका छन् ।

कांग्रेस नेतृ सुजाता कोइरालाको निवासमा आइतबार बिहान भएको बैठकमा रामचन्द्र पौडेलसहित शेखर कोइराला, सशांक कोइराला, डा. रामशरण महत, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी सहभागी थिए ।

अनौपचारिक रुपमा आह्वान भएको यस बैठक मूलतः अनौपचारिक छलफलमा केन्द्रित थियो । नेतृ सुजाता कोइरालाले आह्वान गरेपछि नेताहरु मन्डिखाटारस्थित सुजाता निवासमा पुगेका हुन् ।

नेतृ कोइरालाले बोल्न नचाहेको बताए पनि अन्नपूर्णसँग उनले ‘एक लन्च मिटिङ’ भएको जानकारी दिइन् । यस क्रममा पार्टी सभापति शेरबहादुर देउवाले आफूखुसी निर्णय गरेको गुनासो सुजाताले गरेकी थिइन् ।

स्रोतका अनुसार सुजाताले उपसभापतिमा विजयकुमार गच्छदारलाई नियुक्ति गर्नु आपत्तिजनक काम भएको विषय उठाएकी थिइन् । अन्य नेताहरुले समेत सभापतिको निर्णयमा असन्तुष्टि व्यक्त गरेका थिए ।

यसअघि पनि सुजाता कोइरालाले पार्टीको आन्तरिक विवादबारे छलफल गर्न भन्दै शेखर र सशांक कोइरालालाई एक बिहान आफ्नै निवासमा बोलाएर छलफल गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.