झापामा छठ पूजाको रौनक, ५ हजार मण्डप तयार

झापामा छठ पूजाको रौनक, ५ हजार मण्डप तयार

भद्रपुर : झापाको मेची नदी किनारमा परापूर्वकालदेखि मनाउँदै आएको छठ पूजा यो वर्ष पनि भद्रपुरबासीले निरन्तरता दिने भएका छन्। जसका लागि १५ दिनदेखि बाँसको कच्ची पुलदेखि डोजर लगाएर खोलालाई एकोहोर्‍याउनेलगायतका कामको तयारी पूरा भएको छ।

कात्तिक २६ गते नै सम्पूर्ण तयारी पूरा भएको मैथली समाजका सचिव शुशिल कर्णले जानकारी दिए।छठ मनाउन नेपाल र भारतका भक्तजन अहिले एकै ठाउँमा छठ पूजाको तयारीमा लागेका छन्।

नेपाल र भारत गरी करिब १ लाख भक्तजनको आगमन हुने मेची नदी किनारमा भारतको बंगाल र बिहार राज्यबाट हजारौं भक्तजन मेची नदी किनारामा आएर टेण्ट बनाएका छन्।उनीहरु पूजा स्थल सजाउन लागिपरेका छन्।मेची किनारमा यो वर्ष खोला वारिपारी गरेर करिब ५ हजार पूजाको लागि मण्डपस्थल तयारी पारिएको छ।  

भद्रपुर- ५ नम्बर वडामा पर्ने मेची नदीको करिब २ किलोमिटर क्षेत्रफल देवीवस्तीदेखि शान्ति टोलसम्म भक्तजनलाई पूजा र अवलोकन गर्ने ठाउँको व्यवस्थापनमा कुनै कमी हुन नदिन नगरपालिकाले १५/२० दिनदेखि लागिपरेको वडाध्यक्ष बन्धु कार्कीले बताए। उनका अनुसार मेची खोलामा पक्की पुल भए पनि दर्शनार्थीको सहजताका लागि अहिले खोलामा बाँसको कच्ची पुल निर्माण गरिएको छ। 

पुल निर्माणका लागि नगरपालिकाले छठ पर्वको मुख्य आयोजक संस्था मैथिली समाजलाई १ लाख २८ हजारमा ठेक्का दिएको थियो। नदीको एकतर्फ मात्र भक्तजन नअटाउने भएपछि नदी पारी जानका लागि पुल बनाएको अध्यक्ष कार्किले बताए। 

झापाको मेची नदीमा छठ पूजामा नेपालको झापालगायत, ईलाम, पाँचथल, ताप्लेजुङ्गसम्मका भक्तजन आउने गरेका छन्। भारततर्फ बंगाल र बिहार राज्यका अधिकांश भक्तजन हरेक वर्ष आउने गरेका छन्।

त्यसो त झापाका निन्दा, कन्काई, रतुवा, अदुवा, विरिङ नदीलगायतमा पनि छठ पूजाका लागि सिंगारिएका छन्।झाका अनुसार छठ पूजा अब मैथिली र मधेसी समुदायको मात्र रहेन यो पर्व हिन्दुले मनाउन थालेका छन्। 'पहिले यतिजना भक्तजन होलान् भन्ने अनुमान लगाउन सकिन्थ्यो अहिले त अनुमान लगाउन सकिदैन, धेरै टाढा टाढाबाट भक्तजन आउने गरेको उनले बताए।

४ दिनसम्म मनाइने छठ पर्व सृष्टिको सुरुवात देखिनै सूर्यको पूजा आरधना गर्नका लागि पहिलो दिन नुहाएर चोखो खाने चलन छ।दोस्रो दिन 'खरना' हो। दिनभरि ब्रत बसेर बेलुका गुद, घिउ र दूधमा चामल हालेर पकाएको गुलियो प्रसादको रुपमा खाने गर्छन्।

तेस्रो दिन ब्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर र चौथो दिनमा बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा गरेपछि छठ पूजा सम्पन्न हुन्छ।छठ पूजामा सुरक्षाका लागि नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिने वडा प्रहरी कार्यालय भद्रपुर-५ का प्रहरी निरीक्षक प्रकाश जवेगुले बताए।

उनका अनुसार आयोजक समिति, भद्रपुर नगरपालिका, सशस्त्र प्रहरी गरेर २ दुई सय ५० भन्दा बढी सुरक्षाकर्मी परिचालन हुनेछन् । नेपाल प्रहरी र ट्राफिक प्रहरी गरी एक सय ५०, सशस्त्र प्रहरी सयजना परिचालन हुने छन्।

भारतीय एसएसबी र प्रहरी पनि मेची खोला परिसरमा खटाइने जानकारी पाएको जवेगुले बताए। यो वर्ष उच्छृंखल गतिविधि रोक्न र हुन नदिन खोलाभरि करिब ३० स्थानमा सादा पोशाकका प्रहरी परिचालन गरिने आयोजक पक्षले जनाएको छ। 

मेची खोलामा हुने छठ पर्वका लागि भद्रपुर नगरपालिकालगायत विभिन्न संघ संस्थाले आ-आफ्नो क्षेत्रबाट सहयोग गरेको मैथिली समाजका अध्यक्ष रमेशचन्द्र झाले जानकारी दिए।उनका अनुसार नेत्र ज्योति समाज भद्रपुर, मुना चिया र युनिक समूहले निशुल्करुपमा करिब १ लाख भक्तजनलाई चिया, पानी, र साँस्कृतिक कार्यक्रम गर्न सहयोग गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.