पाँच दिनदेखि वेपत्ता युवाको शव केराबारीमा भेटियो

पाँच दिनदेखि वेपत्ता  युवाको शव  केराबारीमा  भेटियो

सिमरा : बाराको निजगढका एक युवक बेपत्ता भएको पाँच दिनपछि घर छेउमै मृत अवस्थामा फेला परेका छन्। निजगढ नगरपालिका-९ ठाडोलाईनका १८ वर्षीय विनोद खड्का आफ्नै घर छेउको केराबारीमा मंगलबार बिहान मृत अवस्थामा भेटिएका हुन्। 

विनोद भाइटिकाको दिन शुक्रबारदेखि बेखबर थिए। टिका लगाएपछि साँझ घरबाट निस्किएका उनी त्यसदिन परिवारको सम्पर्कमा थिएनन्। यसअघि पनि पटकपटक घर छोडेर हिँड्ने गरेका उनको परिवारले खोजीमा चासो दिएको थिएन।

यसअघि उनी ६ महिनासम्म घर छोडेर बाहिर बसेका कारण पनि परिवारले खोजीमा चासो नदेखाएको स्थानीयको भनाई छ।विनोद हराएको विषयमा परिवारले प्रहरीलाई समेत खबर गरेका थिएनन्। भाइटिकादेखि वेखबर रहेपनि पुनः फर्किनेमा ढुक्क भएको उनको परिवार यस घटना भने दु:खमा परेको छ।

घरदेखि करिब दुई सय मिटर पर रहेको केराबारीमा उनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विक्रम लामाले विनोदको शरीरमा बाहिर चोट नदेखिएकाले हत्या भन्न सकिने अवस्था नरहेको बताए।'शरीरमा बाहिरी चोट देखिँदैन्, त्यसैले हत्या हो भन्न सक्ने अवस्था छैन्, प्रहरी निरीक्षक लामाले भने शल्यपरीक्षणको रिपोर्टपछि मृत्युको कारण खुल्नेछ।'

प्रहरी निरीक्षक लामाका अनुसार विनोदको शवमा किरा देखिन थालेको छ। बेपत्ता भएकै दिन उनको मृत्यु भएको हुनसक्ने लामाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.