बालिका बलात्कारका फरार आरोपी ३ वर्षपछि पक्राउ
![बालिका बलात्कारका फरार आरोपी ३ वर्षपछि पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/arrested_20180911053149_Z0S6RcdLJm.jpg)
ताप्लेजुङ : १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी फरार रहेका एक व्यक्ति ३ वर्षपछि पक्राउ परेका छन्। २०७२ साल साउन २६ गते फुङलिङ नगरपालिका- १० फुरुम्वुस्थित बाटोमा करणी गरेर फरार रहेका पाथीभरा याङ्वरक गाउँपालिका- १ का २२ वर्षीय मिङमा शेर्पा पक्राउ परेका हुन्।
गाउँमा छुकिछिपी बसेको अवस्थामा ताप्लेजुङकै फक्ताङलुङ्ग गाउँपालिका- ६ घुन्साबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। शेर्पालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक लक्ष्मणबहादुर थापा मगरले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)