छठ पर्व मनाउन जाने क्रममा बालिकाको मृत्यु

छठ पर्व मनाउन जाने क्रममा बालिकाको मृत्यु

झापा : झापाको मेची नदीमा छठ मनाउन जाँदै गर्दा बालिकाको मृत्यु भएको छ।  परिवारसँगै छठ मनाउन गएकी छ वर्षीया बालिकाको ट्याक्टरले किचेर मृत्यु भएको हो। 

मृत्यु हुनेमा भद्रपुर नगरपालिका ५ पोखरीटोल निवासी धिरज र राखी यादवकी ६ बर्षीया छोरी राशी यादव रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जवेगूले जानकारी दिए।
 

प्रहरीले मेची पुलमाथि पैदलयात्री बाहेक सवारीसाधन छिर्न नदिने सुरक्षा योजना बनाएता पनि नदीबाट पुजास्थलसम्म ट्याक्टर जान नसकेर भासिएपछि चालकले पुलमाथि जबरजस्ती लैजान खोज्दा दुर्घटना भएको हो।

राशी मे १ त ५२३२ नम्बरको ट्याक्टरबाट झरेपछि उनी चढेकै ट्याक्टरले किचेको हो। लौ नानी खस्यो भन्दाभन्दै ट्याक्टरले बालिकालाई किचेको प्रत्यक्षदर्शी सर्मिला राजवंशीले बताइन्।
प्रहरीका अनुसार ट्याक्टरले किचेर घाइते भएकी बालिकाको उपचारको क्रममा मेची अञ्चल अस्पताल भद्रपुरम मृत्यु भएको हो।
 
प्रहरीले ट्याक्टर चालक बन्धन उराउलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.