अल्ट्रा ट्रेल रेस : पूर्णिमालाई उपाधि
दोलखा : अन्तर्राष्ट्रिय एभरेस्ट ट्रेल रेस म्याराथन प्रतियोगिताको महिलातर्फको उपाधि नेपाली धावक पूर्णिमा राईले जितेकी छन्। पुरुषतर्फ भने स्पेनका धावकले उपाधि जिते। दोलखाको जिरीदेखि सोलुखुम्बुको लुक्लासम्मको एक सय ७० किलोमिटरको दौड २१ घन्टा ४३ मिनेट ४५ सेकेन्डमा पूरा गर्दै स्पेनिस धावक गामितो ज्र्यार्दी पहिलो भए।
यस्तै दोस्रो स्थान हासिल गरेका स्पेनकै आरियस स्टेभनले २३ घण्टा ३७ मिनेट १३ सेकेन्डमा दौड पूरा गरे भने २४ घण्टा ३० मिनेट ५१ सेकेन्डमा पूरा गर्दै स्पेनकै धावक सोलेर जोन तेस्रो भए।
सोलुखुम्बुकी पूर्णिमाले निर्धारित दूरी २६ घण्टा आठ मिनेट ४७ सेकेन्डमा पूरा गर्दै पहिलो स्थान हात पारिन्। यसैगरी २७ घण्टा १४ मिनेट पाँच सेकेन्डमा दौड पूरा गर्दै ब्राजिलकी बिलासेका मानोयला दोस्रो र इङ्ल्यान्डकी रेविका फेर्री तेस्रो भए।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख ५० हजार, एक लाख २० हजार र एक लाख नगद पुरस्कार प्राप्त गरे। विजेतालाई बिहीबार काठमाडौंमा पुरस्कार प्रदान गरिने आयोजक अन्नपूर्ण टे«क्स एन्ड एक्सपिडिसनका प्रबन्ध निर्देशक कामी शेर्पाले जानकारी दिए। प्रतियोगितामा १० राष्ट्रका ४१ धावक सहभागी थिए। तिनमा सात महिला र ३३ पुरुषले प्रतिस्पर्धा गरे। प्रतियोगितामा दुई महिला र दुई पुरुष गरी चार नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए।