विश्वको कलात्मक सहरको सूचिमा ललितपुर

विश्वको कलात्मक सहरको सूचिमा ललितपुर

काठमाडौं : एेतिहासिक सहर ललितपुर विश्वको कलात्मक सहर (वर्ल्ड क्राफ्ट सिटी) घोषित भएको छ। वर्ल्ड क्राफ्ट काउन्सिलले ललितपुरलाई विश्वका कलात्मक सूचिमा राखेको हो। वर्ल्ड क्राफ्ट एसिया प्यासिफिकका अध्यक्ष डा. खाडा हिजावीले ललितपुरलाई वर्ल्ड क्राफ्ट सिटी घोषणा गरेको प्रमाणपत्र ललितपुरका मेयर चिरबाबू महर्जनलाई हस्तान्तरण गरेकी छन्।

बुधबार भृकुटीमण्डपमा भएको एक कार्यक्रममा उनले मेयर महर्जनलाई प्रमाणपत्र प्रदान गरेकी हुन्।यो संस्थाले अहिलेसम्म ललितपुरसहित विश्वका ३५ सहरलाई कलात्मक सहर घोषणा गरेको छ।

एसिया प्रशान्त क्षेत्रका २७, दक्षिण अमेरिकाका ६ र युरोपका २ सहर यो सूचिमा छन्।  सन् १९६४  मा स्थापना भएको वर्ल्ड क्राफ्ट काउन्सिल युनेस्कोसँग आवद्ध छ। यो संस्थाले विश्वभर कला तथा स‌ंस्कृतिको क्षेत्रमा काम गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.