डडेल्धुरामा नेविसंघको चक्काजाम
डडेल्धुरा : डडेल्धुरामा नेपाल विद्यार्थी संघले चक्काजाम गरेको छ। पक्राउ परेका आफ्ना नेताको रिहाइको माग राखेर विरोधमा उत्रिएको नेविसंघले डडेल्धुरामा चक्काजाम गरेको हो।
मण्डन देउपुर नगरपालिकाको तपेश्वर उच्च माविका नेविसंघ इकाई सभापति कृष्ण ढकाललाई प्रधानमन्त्रीको तस्बिरको दुरुपयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।
नेविसंघले उनलाई तत्काल रिहा गर्नुपर्ने माग गरेको छ। सँगै नेविसंघले बलात्कारपछि हत्या गरिएकी कंचनपुर भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीय किशोरी निर्मला पन्तको घटनामा सरकारले लापर्वाही गरेकोप्रति अपत्ति जनाएको छ।
नेविसंघको आन्दोलनका कारण एक घण्टासम्म सडक अवरुद्ध भएको थियो।