भरतीय कन्टेनरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

भरतीय कन्टेनरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

विराटनगर : मोरङको बेलबारी नगरपालिका ४ स्थित बेतनामा मंगलबारराति भारतीय नम्बर प्लेटको कन्टेनरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।  

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको एच आर ४६ सी ७८७६ नम्बरको भारतीय कन्टेनरले विपरित दिशाबाट जाँदै गरेको को २० प ६७८०२ नम्बरको मोटरसाइकललाई राति ११ बजे ठक्कर दिँदा दुर्घटना भएको हो। 

दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको बराह नगरपालिका ४ का १९ वर्षीय आर्यन चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिए। 

उनका अनुसार ठक्कर दिने कन्टेनरका चालकलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ। 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.