जुवाखालबाट पक्राउ पर्नेको आरोप : प्रहरीले पैसा लुकायाे, प्रहरी भन्छ: व्यापारीले झुटाे बाेले

जुवाखालबाट पक्राउ पर्नेको आरोप : प्रहरीले पैसा लुकायाे, प्रहरी भन्छ: व्यापारीले झुटाे बाेले

विराटनगर : तास खेल्दै गरेको अवस्थामा विराटनगरबाट पक्राउ परेका पाँच उद्योगी व्यवसायीसँग जिल्ला प्रशासन कार्यालय मोरङले जनही १२-१२ हजार रुपैयाँ धरौटी माग गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रमेश केसीको इजलासले बुधबार उनीहरुलाई धरौटीमा छाड्न आदेश दिएको हो । प्रहरीले उनीहरु विरुद्ध मुलुकी अपराध (संहिता) ऐन २०७४ को जुवा ऐन अन्तर्गत मुद्दा चलाएको थियो ।

प्रहरीले तास खेल्दै गरेको अवस्थामा गत आइतबार बिहान उद्योगी व्यवसायी ६९ वर्षीय चम्पालाल राठी, ५० वर्षीय जीवन रिजाल, ५१ वर्षीय मुकेशकुमार अग्रवाल, विमल अग्रवाल र ३८ वर्षीय हंशराज जैनलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकामध्ये राठीको स्वस्तिक जुट मिल संचालनमा छ । जीवन रिजाल र मुकेश अग्रवालको साझेदारीमा चिउरा मिल र तोरी तेलको मिल संचालनमा छ । विमल अग्रवाल धान चामलको कारोवार गर्छन् । जैन व्यवसायी हुन् ।

प्रहरीले तास जुवा खेल्दै गरेको अवस्थामा यति धेरै उद्योगी व्यवसायीलाई विराटनगरबाट एकै पटकमा पक्राउ गरेको यो नै पहिलो हो । यसअघि उद्योगी व्यवासायीका घरमा बाह्रै महिना तास जुवा चल्ने गरेको सूचना पाए पनि प्रहरीले त्यसलाई वास्ता गरेन ।

मोरङको बुढीगंगा गाउँपालिका–१ स्थित उद्योगी चम्पालाल राठीको गोदाममा तास खेल्दै गर्दा सबै जना पक्राउ परेका थिए । प्रहरी आएको थाहा पाउनासाथ केही उद्योगी व्यवसायी भने फरार बनेका थिए । प्रहरीले घटनास्थलबाट १७ बुक तास र एक लाख ९० हजार एक सय ४० रुपैयाँ रकम समेत बरामद गरिएको सार्वजनिक गरेको छ ।

प्रहरीले पैसा लुकाएको जुवाडे व्यवसायीको आरोप
जुवाडे उद्योगी व्यवसायीले भने प्रहरीले आफूसँग भएको रकमभन्दा थोरै मात्र सार्वजनिक गरेर अन्य रकम लुकाएको आरोप लगाएका छन् ।

व्यवसायीहरुले कम्तिमा पनि १० लाख रुपैयाँ आफूहरुसँग भएको बताउँदै आएका छन् । उनीहरुका अनुसार तासको खालबाटै पक्राउ गर्ने क्रममा प्रहरीले धमाधम आफ्नो खल्तीमा रकम राखेका थिए ।

‘प्रहरीले बरामद गरेको पैसा एकमुष्ट जम्मा पार्दा कम्तीमा १० लाख रुपैयाँ पुगेको थियो,’ पक्राउ परेका एक व्यवसायीले भने, ‘भोलिपल्ट एक लाख ९० हजार रुपैयाँ मात्रै बरामद भयो भनेर सार्वजनिक गर्दा हामी अचम्ममा पर्र्यौ ।’

मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठ नेतृत्वको टोली छापा मार्न पुगेको थियो । डीएसपी श्रेष्ठले भने प्रहरीले खालबाट बरामद गरे जति नै पैसा देखाएको बताएका छन् ।

श्रेष्ठले रंगेहात पक्राउ परेका व्यवसायीले घटनालाई अन्यत्र माेड्ने प्रयासस्वरूप यस्तो आराेप लगाएकाे बताउँदै उनीहरूकै अगाडि जति रकम बरामद भएको हाेहाे सबै सार्वजनिक गरिएको बताए । उनले बरामद भएकाे एक लाख ९० हजार रूपैयाँ सार्वजनिक गरिएको बताउँदै प्रहरीलाई विवादमा तानेर रंगेहात समातिएका व्यापारीले चाेख्खिने काेशिशमा यस्तो आराेप लगाएकाे पनि उल्लेख गरे । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.