एल्जिना हत्याकाण्ड : साथीबाटै ‘हत्यापछि बलात्कार’

एल्जिना हत्याकाण्ड : साथीबाटै ‘हत्यापछि बलात्कार’

गाईघाट : उदयपुरको रौतामाई गाउँपालिका ३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको हत्यापछि बलात्कार गरेको आरोपितको प्रारम्भिक वयानबाट खुलेको छ।

 
आरोपित सार्वजानिक गर्न बिहीबार जिल्ला प्रहरी कार्यालयले गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो। प्रहरीले घटनामा संम्लग्न स्थानीय १५ र १७ वर्षीय बालकको नाम गोप्य राखी सार्वजनिक गरेको हो।

घटना भएको छ दिनपछि प्रहरीले प्रारम्भिक अनुसन्धान पूरा गरी आरोपित सार्वजानिक गरेको हो। उदयपुर प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले जटिल प्रकृतिको घटना भएकाले अपराधी सार्वजनिक गर्न समय लागेको बताए।

प्रहरीले घटना भएको दोस्रो दिन नै अपराधि पत्ता लगाए पनि पेस्टमार्टम रिपोर्ट सार्वजनिक नभएकाले समय लागेको राईको भनाइ छ। 

घटना लगत्तै प्रदेश प्रहरी कार्यालयबाट आएको अनुसन्धान टोली, तालिम प्राप्त कुकुरको सहायतामा प्रहरीले दोषी पत्ता लगाएको हो। अनुसन्धान टोलीको नेतृत्व डीएसपी अर्जुन रानाभाटले गरेका थिए। 

एसपी राईले मृतक बालिका र आरोपित पनि बालक नै भएकाले घटना संवेदनशील भएको बताए। घटनाको संवेदनशीलता हेरी थप कारबाही प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ। घटनामा बालबालिका रहेकाले उपनाम अर्थात् सांकेतिक शब्दबाट नाम, ठेगाना राखी कारवाही प्रकृया अघि बढाएको राईको भनाइ छ। 

गत शनिबार साँझ बालिकाको हत्या भएको थियो। उनको शव भने आइतबार दिउँसो साढे १२ बजे भेटिएको थियो। स्थानीयले खबर गरेपछि सात घण्टा पैदल हिँडेर प्रहरी टोली घटनास्थलमा पुगेको थियो। 

‘भौगोलिक विकटताले घटनास्थल पुग्न धेरै कठिन भयो’, डीएसपी रानाभाटले भने, ‘ठूलो मिहिनेत र कुकुरको सहायताम हामी आरोपित नजिक पुग्यौँ।’

आरोपितको वयानबाट हत्यापछि बलात्कार गरेको खुलेको डीएसपी रानाभाटको भनाइ छ। यद्यपी घटनाको पुष्टि भने अझै भइनसकेको उनले बताए। ‘प्रारम्भिक बयानबाट यस्तो खुले पनि हामी अनुसन्धानकै क्रममा छौँ।’ 
आरोपितको वयान उद्धृत गर्दै डीएसपी रानाभाटले भने, ‘बलात्कारका लागि बालिका नमानेपछि घाटीमा थिच्यौं। बेहोस भए जस्तो लाग्यो, बेहोस् भएको वा मरेको भन्नेकुरा हमीलाई थाहा भएन।’ आरोपितले बालिका बेहोस् भएपछि बलात्कार गरेको स्वीकार गरेसँँगै प्रहरीले मृत्युपछि बलात्कार गरेको आशंका गरेको हो। यो विषय पुष्टि भने भइसकेको छैन।

बन्दुक लिएर सिकार खेल्न निस्केका आरोपितद्वयले बालिका एक्लै बाख्रा चराएको देखेपछि बलात्कारको योजना बनाएको स्वीकार गरेका छन्। 


फासी दिन बाबुको माग

    पत्रकार सम्मेलनमा पुगेका मृतक बालिकाका बुबा दुर्गाबहादुर खड्काले अपराधिलाई हदैसम्म सजाय दिनुपर्ने माग गरेका छन। 
‘यस्तो जघन्य अपराध गर्नेलाई फासीको सजाय दिनुपर्छ’, उनले भने,  ‘अनि मात्र यस्ता घटना कम हुन्छन्।’

उनले फासीको सजाय नभए आजीवन जेल राख्न माग गरेका छन्। 
‘फासीको सजाय नभए आजीवन जेलबाट निस्कन दिनु हुँदैन’, उनले भने, ‘यो मेरो मात्र माग होइन, सबै जनता र जनप्रतिनिधिको माग यही हुनुपर्छ।’ 

घटना 
मृतक बालिकाका बाबु दुर्गाबहादुर मोटरसाइकल दुर्घटनामा परी घाइते थिए। उनी त्रियुगा नगरपालिका ७ चुहाडेको घरमा आराम गरेर बसिरहेका थिए। भाइटीका लगाई दिन लाफागाउँमै रहेको माइती घर सानो नानीसहित गएकी आमा पुनम फर्केकी थिइनन्। 

बाबुआमा घरमा नभएपछि जनता मावि लाफागाउँको कक्षा ९ मा पढ्दै गरेकी १३ वर्षीया छोरी एल्जिना शनिबार दिउँसो २ बजे बाख्रा लिएर गाउँ नजिकैको खरबारीमा गइन्।

कक्षा १० मा पढ्दै गरेकी जेठी दिदी र कक्षा ९ मा पढ्ने भाइले भैँसी र घरको अरु काम गर्ने बताएपछि माइली छोरी एल्जिना बाख्रा लिएर जंगल गएकी थिइन्। 

बाख्रा चराउन गएको ठाउँ गाउँपालिकाको केन्द्र भुट्टार जाने सडक छेउको खरबारी हो। बाख्रा चराएर साँझसम्म नआएपछि सबैले खोजतलास गरे तर कसैले फेला पारेनन्। आइतबार ठूला बुबा वडाध्यक्ष दुर्गाराज खड्कासहितको टोलीले खोजतलास गर्दा बालिकाको शव भेटियो। 
वडाध्यक्ष खड्काले भने, ‘कतै लडेर घाइते भई जस्तो लागेको थियो। तर ...घटना अर्कै रहेछ।’ 

बालिकाको शव खरबारीको सखुवाको रुखमुनी भेटिएको थियो। ‘बालिकाको मुखमा सेतो वस्तु देखिन्थ्यो’, खड्काले भने, ‘घाँटीमा नङ्ग्रायाएको, छाला कोतरेको, कुर्था च्यातिएको, सुरुवाल अगाडिको भाग पछाडि लगाएको अवस्थामा शव भेटिएको थियो।’ 
    
तालिम प्राप्त कुकुरले शवभन्दा केही पर खोल्सामा घटना भएको हुन सक्ने अनुमान दिएका थिए। सोही ठाउँमा बालिकाको चप्पलसमेत फेला परेको स्थानीय कैलाश बस्नेतले बताए। खोल्सामा हत्या गरेपछि शव सडक नजिक ल्याएर फालेको हुनसक्ने अनुमान गरिएको छ। 

रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले घटनाको यथार्थ छानबिन हुनेमा आशंका नगर्न सबैलाई आग्रह गरेका छन्।
प्रहरीले घटना भएको दुई दिनपछि १७  र १५ वर्षीय किशोर पक्राउ गरेको हो। १७ वर्षीयले घाटी समातेको र १५ वर्षीयले बलात्कार गरेको प्रारम्भिक बयान प्रहरी समक्ष दिएका छन्। 

बलालिकाका हत्या आरोपित उनीसँगै पढ्ने साथी हुन्। उनीहरु रौतामाई गाउँपालिका- ३ लाफागाउँस्थित जनता माध्यामिक विद्यालय रसुवा लाफागाउँका कक्षा ९ मा पढ्थे। प्रहरीले अनुसन्धानका क्रममा ६ जनालाई पक्राउ गरेको भए पनि अन्य चार जनालाई छोडिसकेको छ। 

प्रहरीले प्रारम्भिक वयानबाट अपराधि नजिक पुगे पनि आरोपित किशोर भएकाले कारबाहीका लागि कानुनी जटिलता रहेको बताएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.