मोरङमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

मोरङमा छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

विराटनगर : मोरङका अलगअलग स्थानमा भएको सवारी दुर्घटनामा परेर शुक्रबार एक वृद्धसहित दुईजनाको मृत्यु भएको छ।  मोरङको बेलबारी नगरपालिका- ७ दौलतपुरस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ गइरहेको सिटी सफारीको ठक्करबाट स्थानीय ४५ वर्षीय कमला कार्कीको मृत्यु भएको छ।

मे १ ह १९१५ नम्बरको सिटी सफारीले सडकको छेउमा उभिएकी कार्कीलाई बिहीबार राति ९ बजे ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो। घाइतेको उपचारका क्रममा विराटनगरको गोल्डेन अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ।

चालक बेलबारी नगरपालिका ७ का ५० वर्षीय ईन्द्रबहादुर श्रेष्ठ फरार रहेका कारण खोजी भइरहेको जानकारी प्रहरीले दिएको छ। त्यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुन्दरहरैंचा नगरपालिका ४ बाँसबारी चौकमा मोटरसाइकलले ठक्कर दिंदा स्थानीय ७० वर्षीय कृष्ण पराजुलीको मृत्यु भएको छ। 

पैदल हिंडिरहेका बेला बुधबार साँझ पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ७ प १६९१ नम्बरको मोटरसाइकलले ठक्कर दिएर पराजुलीलाई गम्भीर घाइते बनाएको थियो। घाइते पराजुलीको विराटनगरको गोल्डेन अस्पतालमा उपचारका क्रममा शुक्रबार विहान मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।

मोटरसाइकल र चालक झापाको मेचीनगर नगरपालिका ७ का ४५ वर्षीय चोमेन्द्रबहादुर थापालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.