मुख्यमन्त्री राईले ६ महिना औषधि खानुपर्ने (विज्ञप्तिसहित)

मुख्यमन्त्री राईले ६ महिना औषधि खानुपर्ने (विज्ञप्तिसहित)

काठमाडौं : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विज्ञप्ति सार्वजनिक गर्दै आफू कानुनी प्रक्रिया पुर्याएर उपचारका लागि थाइल्याण्ड गएको बताएका छन्। शुक्रबार राईले दुई पृष्ठ लामो विज्ञप्ति सार्वजनिक गर्दै यस्तो बताएका हुन्। 

उनले उपचारका लागि विदेश जानु आफ्नो रहर नभएको प्रष्ट पारेका छन्। दुई वर्षदेखि घाँटी पछाडिको भागमा समस्या झेल्दै आएको र नेपालका सरकारी तथा निजी अस्पतालमा उपचारका लागि पुग्दा रोग पहिचान नभएपछि चिकित्सकको सल्लाह अनुसार नै थइल्याण्ड गएको स्पष्ट पारेका छन्। 

‘मेरो उपचार तथा निजी भ्रमणको सम्बन्धमा २०७५ कात्र्तिक ११ गते बसेको प्रदेश सरकार (मन्त्रिपरिषद्) को बैठकबाट निर्णय भइ सोही बमोजिम संघीय सरकारलाई जनकारी गरएर म कार्तिक १६ गते बैंककमा उपचार पश्चात अमेरिका गएको जानकारी गराउँदछु’, मुख्यमन्त्री राईले विज्ञप्तिमा भनेका छन्। 

राईले बैंककस्थित बुम्रुनग्रड अस्पतालम उपचार गर्दा कुनै गम्भीर प्रकृतिको समस्या नदेखिएको र चिकित्सकको सहल्लाह बमोजिम औषधि सेवन गरिरहेको बताएका छन्। 

‘चिकित्सकको सल्लाह बमोजिम छ महिना औषधि सेवन गर्नुपर्ने र नियमिति फिजियोथेरापीबाटै समस्याको समाधान हुने व्यहोरा समेत जानकारी गराउँदछु’, उनले भनेका छन्, ‘छ महिनापछि अर्थात् २०७६ वैशाख ६ गते पुनः जाँचको लागि बोलाएको कुरा जानकारी गराउँदछु।’ 

बैंककसँगै अमेरिका भ्रमण विवादित भएको विषयलाई समेत राईले प्रष्ट पारेका छन्। ‘बैंककमा उपचारको क्रममाा मेरो अन्तिम रिर्पोट नेभेम्बर १२ अर्थात् कत्र्तिक २६ मा मात्र प्राप्त हुने भएको हुँदा पूर्व निर्णय अनुसार बाँकी अवधिका लागि अमेरिका गएको हुँ’, राईले भनेका छन् , ‘म सुटुक्क होइन विधिसम्मत सबै प्रक्रिया पूरा गरेर प्रेसलाईसमेत जनकारी गराएर अमेरिका गएको कुरा राख्न चाहन्छु।’ 

राईले व्यक्तिगत भ्रमणका क्रममा आफूले कूटनीति राहदानी (रातो पसपोर्ट)समेत प्रयोग नगरेको जानकारी गराएका छन्। अमेरिक भ्रमणलाई जबरजस्त विवादमा तन्न खोजिएकोप्रति भने उनले आपत्ति जनाएका छन्। 

अमेरिकामा पत्रकारमाथि कुटपिट घटनाको भने राईले खण्डन गरेका छन्। पत्रकार कुटपिट भएको उल्लेख नगरी विवदमा तान्न खोजिएको भन्दै घटनाको खण्डन गरेका हुन्।

‘मेरो अमेरिका भ्रमणलाई जबरजस्त विवादमा तान्न खोजेर केही थाहा नभएको, नभेटेको र नचिनेको व्यक्तिको एउटा घटनामा म र मेरो सहयोगी पारुहाङ राईको नाम जोडेर सनसनीपूर्णा बनाएर गरिएको भ्रमपूर्ण प्रचारबाजीको खण्डन गर्दछु’, राईले भनेका छन्, ‘यसमा मेरो कुनै संलग्नता नरहेको जानकारी गराउँदछु।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.