डडेलधुरामा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु, १७ घाइते

डडेलधुरामा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु, १७ घाइते

डडेल्धुरा : डडेल्धुराको भागेश्वर गाउँपालिका–४, कुर्ङाइलमा जिप दुर्घटना भएको छ। शनिबार बिहान करिब ११ बजेतिर जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ।

भागेश्वर गाँउपालिकाको बोगटाबाटबाट डडेल्धुरा सदरमुकाम तर्फ आउँदै गरेको म १ ज १८० नम्बरको जिप लाकम र ढिमौलाको बीच कुर्ङाइलमा दुर्घटना भएको हो।

मृत्यु हुनेमा भागेश्वर– ३ बोगटाका ४५ बर्षिय गाडी मालिक दीपेन्द्र शाही र भागेश्वर गाउँपालिका– २, रुपालका २७ वर्षिय धर्मसिं मडै रहेका छन्। जिप सडकबाट एक सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिएका छन्।

दुर्घटनामा १७ जना घाइते भएका छन् भने जिप चालक फरार रहेका प्रहरीले जनाएको छ। घाइतेहरूको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ।

घाइते हुनेहरूमा भागेश्वर गाउँपालिका– ३ का ३ वर्षिय एलकस नागरी, ४० वर्षिय रणबहादुर शाही, ११ वर्षिय तनुजा शाही, २२ वर्षिय नवीन शाही, ३२ वर्षिय विष्णु शाही, २३ वर्षिय माया नागरी, बैतडी जिल्ला मेलौली गाउँपालिका– ८ बस्ने १८ वर्षिय गौरी बिष्ट, धनगढी उपमहानगरपालिका– १४ का २६ वर्षिय केशव मल्ल, बैतडी तल्लो सोराड– ४ का १२ वर्षिय सुशील महता, कञ्चनपुर दैजीकी २० वर्षिय सर्मीला अवस्थी रहेका छन्। ७ घाइतेहरूको अझै नाम खुल्न सकेको छैन।

जिप क्षमता भन्दा बढी यात्रुहरू र घुलाम्य सडक भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.