भारतीय प्रहरीले कुटे चालक, विराेधमा इन्धन ढुवानी ठप्प

भारतीय प्रहरीले कुटे चालक, विराेधमा इन्धन ढुवानी ठप्प

विराटनगर : भारतीय प्रहरीले जोगबनी बजारमा नेपाली ट्यांकर चालकलाई कुटपिट गरेका छन्। भारतको बरौनीबाट पेट्रोल लिएर आउँदै गरेको को.१ख ६००९ नम्बरको ट्यांकरका चालक मोनु कुमार कुटिएका हुन्।यसको विरोधमा ट्यांकर चालकले भारतबाट इन्धन ढुवानी ठप्प पारेका छन्। दोषी भारतीय सुरक्षाकर्मीलाई कारबाही हुनुपर्ने, यस्ता दुव्र्यवहार रोकिनुपर्ने, सुरक्षा हुनुपर्ने, जाम भइरहेको सडकको विकल्प खोजिनुपर्नेलगायत माग उनीहरूले गरेका छन्।

नेपाल पेट्रोलियम ट्यांकर चालक संघ प्रदेश १ का अध्यक्ष केशव आचार्यका अनुसार अन्य सवारी साधनलाई ‘ओभरटेक’ गरेको भन्दै चालकलाई बाहिर निकाली दुव्र्यवहार गरिएको हो। भारतको बथनाहाबाट जोगबनीसम्मको सात किलोमिटर सडक साँघुरो भएर सधंै जाम हुने गरेको उनले सुनाए। यसबारे भारतीय सुरक्षाकर्मी र चालकबीच एक महिनाअघि छलफल भएको थियो। पेट्रोलियम पदार्थ (इन्धन) बोकेका ट्यांकरलाई भने ‘ओभरटेक’ गरेर भए पनि अघि जान दिन भारतीय सुरक्षाकर्मी सहमत भएको उनले बताए। भने, ‘तर, आज ओभरटेक गरेकै बहानामा नेपाली ट्यांकर चालकमाथि दुव्र्यवहार र कुटपिट भएको छ।’

उनका अनुसार जाममा फस्दा नेपाल आइपुग्न सात दिनभन्दा बढी समय लाग्छ। भारतीय सुरक्षाकर्मीले घूस मागेर हैरानसमेत पार्ने गरेको उनले बताए। उनका अनुसार नेपालबाट बरौनी डिपो पुगेका १ सय ७० ट्यांकर चालक आन्दोलनका कारण बथनाहा, मीरगन्ज र जोगबनीमा थन्किएका छन्। आन्दोलित चालकले नेपाल आयल निगमको विराटनगर डिपोबाट पेट्रोल पम्पसम्म इन्धन लोड–अनलोड पनि ठप्प पारेका छन्।

कुटपिट घटनाका कारण इन्धन ढुवानी गर्न नसकिएको जानकारी चालकले दिएको पूर्वाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष गुणराज निरौलाले बताए। भने, ‘समस्याको दीर्घकालिन समाधानका लागि तत्काल सम्बन्धीत पक्षले पहल गर्नुपर्छ।’ चालकले जाम नहटेसम्म र भारतीय सुरक्षाकर्मीको दुव्र्यवहार नरोकिएसम्म इन्धन ढुवानी गर्न नसकिने जानकारी गराइसकेको उनले बताए।

निगमको प्रदेश प्रमुख दिनेश यादवले विवाद बुझ्न प्रतिनिधि खटाइएको बताए। तत्काल ढुवानी नियमित गर्न पहल भइरहेको मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.