कांग्रेस छाडेर माओवादी बनेका बाबुराजा फेरि कांग्रेसमै

कांग्रेस छाडेर माओवादी बनेका बाबुराजा फेरि कांग्रेसमै

बिराटनगर : नेपाली कांग्रेसले २०७० सालको स‌ंविधानसभा निर्वाचनमा टिकट नदिएपछि तत्कालीन माओवादीमा पुगेका नेता बाबुराजा ओझा फेरि कांग्रेसमै फर्किएका छन् । 

२२ वर्ष नेपाली कांग्रेसमा राजनीति गरेका उनी सं‌विधान सभाको टिकट नपाएपछि तत्कालीन एकीकृत नेकपा (माओवादी) मा प्रवेश गरेर मोरङ क्षेत्र नम्बर ६ मा स‌ंविधानसभा सदस्यको उम्मेदवार बनेका थिए । 

पूर्व अर्थमन्त्री तथा कांग्रेस नेता महेश आचार्यसँग उनी पराजित भएका थिए । कांग्रेसले आफ्नो साख जोगाउनै नसक्ने भन्दै माओवादीमा पुगेका ओझालाई जीपी कोइराला फाउन्डेसनले आइतवार विराटनगरमा गरेको कार्यक्रममा कोइराला परिवारका तीन नेताले पार्टीमा भित्र्याए । 

ओझालाई तीन कोइराला नेताहरु शेखर, शशांक र सुजाताले एक साथ पार्टीमा स्वागत गरेका हुन् । ओझाले २०७० सालको चुनावमा क्षेत्रबाटै सर्वसम्मत आफ्नो नाम सिफारिस गरेको अवस्थामा कांग्रेसले गुटबन्दी गरेर आफूलाई टिकट नदिएको भन्दै माओवादीमा पुगेका थिए । 

कांग्रेस फर्किएका ओझा नेपाली कांग्रेस मोरङका पूर्व जिल्ला सचिव हुन्। दोस्रो संविधान सभा निर्वाचनमा जिल्ला सचिवको जिम्मेवारीमा रहेकोलाई बाइपास गरेर अर्कैलाई टिकट दिएको भन्दै ओझा माओवादीमा हिँडेका थिए । 

ओझाले कांग्रेसमा फर्कने क्रममा असन्तुष्टिले माओवादीमा गए पनि आफ्नै घर प्यारो भन्दै त्यो भुललाई क्षमा गर्न आग्रह गरेका छन् । उनलाई माओवादीले तत्कालै टिकट दिएर महेश आचार्यविरुद्ध चुनावी मैदानमा उतारेको थियो । ओझा फर्किएपछि कांग्रेस कार्यकर्ताहरुले उनलाई अब पार्टीको साख फर्काउने अभियानमा लाग्न आग्रह गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.