एउटै मालामा कोइराला परिवारका तीन नेता

एउटै मालामा कोइराला परिवारका तीन नेता

विराटनगर : पछिल्लो समयमा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दीको कोशिशमा रहेका कोइराला परिवारका तीन नेता आइतवार विराटनगरमा आयोजित एक कार्यक्रममा एकै मालामा देखिए ।

कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइराला फाउन्डेनसनको आयोजनामा आइतवार एउटै मालामा उनिएका हुन् । सुजाताको विशेष पहलमा आयोजित गिरिजाप्रसाद कोइराला फाउन्डेसनको कार्यक्रममा पार्टीमा स्पष्ट सन्देश दिने गरी तीन कोइराला एकै ठाउँमा देखिएका हुन् । 

त्यस क्रममा बीपी पुत्र डाक्टर शशांक, गिरिजापुत्री सुजाता र केशव–नोना पुत्र डा. शेखर कोइरालाले कार्यालयको उद्घाटन संयुक्तरूपमा गरेका हुन् । देउवाविरुद्ध मोर्चाबन्दी भइरहेका बेला १४ औँ महाधिवेशनमा सभापतिका आकांक्षी ठानिएका शेखर र शशांकलाई एकै ठाउँ उभ्याएर उनीहरुले परिवारको लिगेसी कायमै राख्ने सन्देश दिन खोजेका छन् । 

गत कात्तिक २५ गते सुजाताले मण्डिखाटारस्थित आफ्नो निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, डा. रामशरण महत, प्रकाशमानसिंह र कोइराला दाजुभाइलाई भेला गराएका थिइन् । जसलाई सुजाताले पार्टीको भावी रणनीतिलाई लिएर ‘राजनीतिक वार्ता’ भनेकी छन् । 

यसअघि नै फाउन्डेसनकी प्रदेश नम्बर १ का संयोजक इन्दिरा थापाले पत्रकार सम्मेलन गरेर तीनै कोइराला नेतालाई एकै ठाउँमा उभ्याउँदै प्रदेश कार्यालय उद्घाटन गरिने बताएकी थिइन् । 

सुजाताले बाबुको निधन भएपछि आफ्नो अंशमा आएको ९ कट्ठा जग्गामध्ये आधा ‘गिरिजाप्रसाद कोइराला फाउन्डेसन’का नाममा राखेकी थिइन् । त्यही जग्गामा बनेको साढे दुई तले भवनमा फाउन्डेसनको प्रदेश कार्यालय स्थापना भएको हो । 

फाउन्डेसनले कार्यालय परिसरमै गिरिजाप्रसाद स्मृति सङ्ग्रहालय बनाउने निर्णय गरिसकेको छ । त्यसैगरी फाउन्डेसनले प्रदेश एकको एउटा जिल्लामा अस्पताल खोल्ने योजना रहेको पनि संयोजक थापाले बताएकी थिइन् । 

पछिल्लो समय देश दौडाहामा रहेका नेता शेखरलाई १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनाउने गरी कोइराला परिवार र उनीहरुका समर्थकहरुले  आवश्यक रणनीति पनि बनाइरहेका छन् । 

त्यसैको जनाउ दिन गत असोज १८ गते प्रजातान्त्रिक विचार समाजको नाममा कार्यक्रम पनि गरिएको थियो । जहाँ महामन्त्री शशांक र नेता शेखर दुवैजना उपस्थित भएका थिए । स्रोतका अनुसार सुजाताले शेखरलाई सभापति बनाउने लविङ गरिरहेकी छन् । 

तर शशांकले पनि सभापतिमा लड्ने जनाउ यसअघि नै दिइसकेकाले कोइराला परिवारबाट एकजनाको पक्षमा सहमति जुटाउने प्रयास पनि भइरहेको छ । तर शेखरले यो निर्वाचनमा पराजय भोग्नुपरेकाले पार्टीको नेतृत्व गर्न नसक्ने आरोप पनि लागिरहेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.