अग्नि सापकोटा भन्छन् : ओलीले 'ब्रेक थ्रु' गर्न सकेनन्, मन्त्री पनि उस्तै

अग्नि सापकोटा भन्छन् : ओलीले 'ब्रेक थ्रु' गर्न सकेनन्, मन्त्री पनि उस्तै

काठमाडौँ :  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य अग्नि प्रसाद सापकोटाले वर्तमान सरकारले निरन्तरतामा क्रमभंगता गर्न नसकेको गुनासो गरेका छन् । 

‘यो सरकार निरन्तरताको लागि मात्रै होइन । प्रधानमन्त्री केपी शर्मा ओली सफल प्रधानमन्त्री हो’, सापकोटाले भने, ‘तर, उहाँको टिममा रहेका मन्त्रीहरूबिच टिम-स्पिरिट देखिएन ।’

आइतबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले सरकारले जनचाहना र आकाङ्क्षा पूरा गर्ने गरी काम गर्न नसकेको स्वीकार गरे । 

‘अब जनताको चाहनाअनुसार काम गर्नुपर्छ । काममा ब्रेक–थु हुनुपर्छ’, सापकोटाले भने । पूर्वमन्त्रीसमेत रहेका सापकोटाले पार्टीका केही शीर्ष नेताहरू विदेश भ्रमणमा र प्रधानमन्त्री केपी शर्मा ओली पनि अस्वस्थ भएकाले सचिवालय र स्थायी समिति बैठक बस्न नसकेको सुनाए । 

‘अब बस्ने सचिवालय बैठकमा सरकारको पनि समीक्षा हुन्छ । पार्टी एकताको काम प्रगतितर्फ उन्मुख छ । लगभग ८० प्रतिशत काम सकिएको छ’, सापकोटाले थपे । वर्तमान सरकार इतिहासकै शक्तिशाली भएकाले निरन्तरतामा क्रमभंगता हुनुपथ्र्यो भन्ने आफूहरूको चाहना रहेको पनि सापकोटाले सुनाए । 

‘तर पनि यो सरकार विगतकै जस्तो निरन्तरताका लागि भयो,’उनले भने, ‘जनताले त सुशासन, भ्रष्टाचारलाई कारबाही गर्ने कुरामा क्रमभंगता खोजेका थिए । तर, जनताले चाहेजस्तो सरकारले ब्रेक–थ्रु गर्न सकेन ।’

सरकार रणनीतिक महत्त्वका काममा पूर्ण सफल भएको उनले दाबी गरे । यो बिचमा सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई उचाइ प्रदान गर्न, द्विपक्षीय सम्बन्धलाई गुणात्मक बनाउन र ल्यान्ड–लक्डबाट ल्यान्ड–लिङ्कतर्फ मुलुकलाई अघि बढाउनेजस्ता महत्त्वपूर्ण रणनीतिक महत्त्वका काम सम्पन्न गरेको भन्दै राम्रा कामको फेहरिस्त सुनाए । 

सापकोटाले प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा गएर मुलुकको राष्ट्रिय स्वाधीनता र स्वाभिमानको विषयमा शिर उठाउने काम गरेको भन्दै प्रशंसा गरे । 

‘प्रधानमन्त्री ओलीसँग अहिले पनि राष्ट्रवादी अडान कायमै छ भन्ने मेरो जबरजस्त धारणा छ’, उनले भने । सापकोटाले सरकारले समयमै मौलिक हकसम्बन्धी कानुन ल्याएको सुनाउँदै मुलुकमा संवैधानिक सङ्कट नरहेको स्पष्ट पारे । 

त्यस्तै उनले सिन्डिकेट अन्त्य भए पनि मन्त्रालयहरूबिच समन्वय नहुँदा व्यवहारमा जनताले अनुभूति गर्न नपाएको स्पष्ट पारे । ‘मन्त्रीहरूबिच टिम–स्पिनर देखिएनन् । प्रधानमन्त्रीको स्पिनर मन्त्रीहरूमा देखिएन । अब समीक्षा गर्ने बेला भएको छ’, उनले भने, ‘सिन्डिकेट अन्त्यको काम भएको छ । तर, व्यवस्थापनमा केही समस्या देखियो ।’

उनले जनताले सरकारबाट भाषण नभएर ‘एक्सन’ खोजेको पनि बताए । ‘जनतालाई सपना देखाउने काम पूरा भसक्यो, अब ‘एक्शन’ गरेर देखाउनुपर्छ’, सापकोटाले थपे , ‘अब बस्ने स्थायी समिति बैठकमा सरकारको बिहंगम समीक्षा हुन्छ ।’

सरकारले रणनीतिक महत्त्वको काम गरे पनि जनतालाई सेवा दिने काममा ढिलाइ भएको उनको गुनासो छ । उनले भने,‘अब सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरूको ‘सिरिज’ बनाउनुपर्छ ।’ वर्तमान सरकारको विकल्प नभएको उनले जिकिर गरे । 

मुलुकमा राजनीतिक सङ्क्रमण काल समापन भए पनि व्यवहारिक सङ्क्रमण बाँकी नै रहेकोले यसलाई सबै मिलेर हल गर्नुपर्ने उनको धारणा छ । उनले भने,‘यसको लागि दलहरूबिच बढीभन्दा बढी छलफल र सम्वाद गर्नुपर्छ ।’ 

सरकारका कामकारबाहीका सवालमा जनताको तहबाट उठेका सकारात्मक आलोचनाहरूलाई सुझावका रूपमा लिनुपर्ने उनले सुझाए । उनले थपे,‘जनताका सकारात्मक आलोचना र गुनासाहरूलाई सरकारले एक-एक सम्बोधन गर्नुपर्छ ।’

जनताले यही सरकारबाट ठुलो आशा गरेकाले कम्युनिस्ट सरकारको विकल्प नभएको उनको भनाई छ। उनले भने,‘जनताले यो सरकारसँग ठुलो आशा र अपेक्षा गरेका छन् । सरकारसँग अझै समय र शक्ति छ । वर्तमान प्रधानमन्त्री ओली सफल प्रधानमन्त्री हुनुहुन्छ ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.