बर्थिङ सेन्टरसहितको स्वास्थ्य चाैकी बन्‍ने

बर्थिङ सेन्टरसहितको स्वास्थ्य चाैकी बन्‍ने

भक्तपुर : चाँगुनारायण नगरपालिका ८ मिश्रेटारस्थित सुडाल स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरसहितको नयाँ भवन बन्ने भएको छ। ब्रिटिस रेडक्रसको एक करोड ५६ लाख ७१ हजार एक सय नौ रुपैयाँको सहयोगमा उक्त भवन बन्ने भएको हो।

भवनको आइतबार कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापा, भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल र नगरपालिका प्रमुख सोमप्रसाद मि श्रले संयुक्त रूपमा शिलान्यास गरेका हुन्। नगरपालिकाले चार रोपनी पर्ती जग्गा उपलब्ध गराएको हो। सोही जग्गामा आठ महिनाभित्र भवन निर्माण सम्पन्न हुनेछ। भवन भूकम्प प्रतिरोधी एवं अपांगमैत्री हुनेछ।

२६ वटा स्वास्थ्य चौकी हस्तान्तरण

कार्यक्रममा थापाले भूकम्प अति प्रभावित १४ जिल्लामध्ये रेडक्रसले सिन्धुपाल्चोकमा १४ र काभ्रेमा १२ वटा स्वास्थ्य चौकी पुनर्निर्माण गरी स्थानीय तहलाई हस्तान्तरण गरिसकेको बताए। रसुवा जिल्लामा चिकित्सकको क्वार्टर सहितको जिल्ला अस्पताल भवन निर्माण गरिसकेको उनले जानकारी दिए। ‘काठमाडौं उपत्यकाका तीन जिल्लामा भने एक÷एक वटा स्वास्थ्य चौकी बनाउँदैछौं’, उनले भने, ‘काठमाडौंमा शनिबार शिलान्यास भयो। भक्तपुरमा आज गर्दैछौं। ललितपुरमा छिट्टै शिलान्यास हुँदैछ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.