बक्सिङमा विवाद : केन्द्रले कार्यक्रम खोसेको आरोप

बक्सिङमा विवाद : केन्द्रले कार्यक्रम खोसेको आरोप

काठमाडौं : नेपाल बक्सिङ संघले आफ्नो पूर्वनिर्धारित कार्यक्रम खोस्नुका साथै रकम पनि नदिएको आरोप काठमाडौं जिल्ला बक्सिङ संघले लगाएको छ । जिल्ला संघले विगतदेखि नै आयोजना गर्दै आएको नोभिस कप प्रतियोगिता खोस्नुका साथै प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट उपलब्ध गराएको पाँच लाख रुपैयाँ पनि केन्द्रले नदिएको काठमाडौं जिल्ला बक्सिङ संघका अध्यक्ष दिनकलाल श्रेष्ठले बताए ।

जिल्लाको बैंक खाता नभएका कारण केन्द्रको खातामा पठाएको पाँच लाख रुपैयाँ केन्द्रले दिन नमानेपछि रकम उपलब्ध गराइदिनका लागि राखेपमा उजुरीसमेत दिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

‘नोभिस कप बक्सिङ प्रतियोगिता जिल्लाले पहिलेदेखि नै आयोजना गर्दै आएको हो । यो प्रतियोगिताका लागि राखेपले पाँच लाख रुपैयाँ बजेट उपलब्ध पनि गराएको थियो । तर, केन्द्रले प्रतियोगिता खोस्नुका साथै उसको खातामा रहेको रकम पनि दिएन’ अध्यक्ष श्रेष्ठले भने । उनले ‘नोभिस कप’का नाममा आफूहरूले विगतमा दुईवटा राष्ट्रिय प्रतियोगितासमेत आयोजना गरिसकेको दाबी गरे ।

उनले यही मंसिर १३ गतेदेखि प्रतियोगिता आयोजना गर्ने तयारी गर्नुका साथै राष्ट्रिय खेलकुद परिषद्मा प्रस्ताव गरे पनि केन्द्रले मंसिर ५ देखि ८ गतेसम्म प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको बताए । ‘हामीले पहिले नै मंसिर १३ गतेदेखि प्रतियोगिता गर्ने तयारी थालेका थियौं । प्रतियोगिताका लागि परिषद्मा प्रस्ताव लैजानुका साथै आर्थिक सहयोग पनि मागेका थियौं । तर, हाम्रो पैसा पचाउनका लागि हामीभन्दा अगाडि नै प्रतियोगिता गर्ने प्रपञ्च केन्द्रले ग¥यो’ काठमाडौं जिल्ला अध्यक्ष श्रेष्ठले भने ‘हामीलाई केन्द्रबाटै अन्याय गर्ने काम भयो ।’

जिल्लाले आयोजना गर्ने प्रतियोगिताका लागि १२ लाख स्वीकृति भएकोमा पाँच लाख केन्द्रको खातामा पठाएको र बाँकी सात लाख भने निकासा हुन बाँकी रहेको उनले बताए ।

नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले भने जिल्लाले कार्यक्रम नगरेपछि केन्द्र आफैंले गर्न लागेको बताए । ‘पटकपटकको निर्देशनपछि पनि काठमाडौं जिल्लाले कार्यक्रम नगरेपछि बाध्य भएर केन्द्रले नै प्रतियोगिता आयोजना गर्न लागेको हो’ केन्द्रीय अध्यक्ष अवालेले भने । उनले जिल्लाले कार्यक्रम नगरेपछि परिषद्बाट उपलब्ध गराएको रकम जिल्लालाई नदिएको बताए । उनले यही मंसिर ५ गतेदेखि हुने भनिएको नोभिस कप नरोकिने स्पष्ट पारे । ‘नोभिस कप पूर्वनिर्धारित कार्यक्रम हो । यो कार्यक्रम निर्धारित मितिमै हुन्छ’ अध्यक्ष अवालेले भने ।

संघका महासचिव सविन भट्टाचार्यले भने पूर्ण कार्यसमितिको बैठक नबसेको लामो समय बितिसकेकाले आफूलाई यस विषयमा केही पनि थाहा नभएको बताए । ‘संघको पूर्ण कार्यसमितिको बैठक नबसेको लामो समय भइसकेको छ । अधिकांश कामकारबाही अध्यक्षको तजबिजमा हुने गरेको छ । मलाई केही थाहा छैन’ महासचिव भट्टाचार्यले भने ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले पाँच लाख रुपैयाँ जिल्लाको नाममा नभई नोभिस कप प्रतियोगिताका नाममा निकासा गरेको बताए । ‘हामीले जिल्लाका नाममा रकम निकासा गरेका छैनौं ।

त्यो रकम नोभिस कप बक्सिङ प्रतियोगिताका नाममा निकासा भएको हो’ सदस्यसचिव विष्टले भने ‘जसले प्रतियोगिता आयोजना गर्छ, हामीले उसैलाई भुक्तानी दिने हो ।’ उनले काठमाडौं जिल्ला संघले उजुरी दिए पनि उसले नै रकम पाउनुपर्छ भन्ने आधार नभएको बताए । ‘आफूले प्रतियोगिता पनि नगर्ने अनि त्यो प्रतियोगिताका नाममा आएको रकम चाहिँ माग्नु उचित होइन’ सदस्यसचिव विष्टले भने ‘प्रतियोगिताका नाममा निकासा भएको रकम जसले प्रतियोगिता गर्छ, उसैले पाउँछ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.