डा. केसी अस्पताल भर्ना
काठमाडौं : छातीको समस्याका कारण प्राध्यापक डा. गोविन्द केसी अस्पताल भर्ना भएका छन् । छातीमा अत्याधिक दुखार्इका कारण डा. केसी सोमबार बिहान ४ बजे त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका हुन्।
केसीका सहयोगी डा.अभिषेकराज सिंहले दिएको जानकारी अनुसार डा. केसीको शिक्षण अस्पतालको मनमोहन कार्डियो थोर्यासिक बिभागको ईमर्जेन्सी विभागमा उपचार भइरहेको छ। उनको स्वास्थ्य जाँचका रिपोर्टहरु आउने क्रममा रहेको र रिपोर्ट आएपछि उनलार्इ भएको स्वास्थ्य समस्याबारे थाहा हुने सहयोगी सिंहले बताए ।